विश्वकप छनाेटकाे तयारीसँगै सुरु भएको अन्याेल (भिडियाे रिपोर्ट)

0

नेपाली फुटबलको इतिहासमा पहिलो पटक फिफा विश्वकपको सोझै दोस्रो चरणमा स्थान बनाएको नेपाली फुटबल टिम खेल्ने विपक्षीहरु र खेल तालिका सार्वजनिक भइसकेको छ । सेप्टेम्बर ५ मा कुवेत विरुद्धको खेलबाट आफ्नो यात्रा सुरु गर्दैछ । विश्वकप छनोट प्रतियोगिताको पहिलो खेल तीनवटा खेल अवे खेल्ने भएको छ । पहिलो म्याच कुवेतमा खेलाउनका लागि अखिल नेपाल फुटबल संघले गरेको प्रस्ताव कुवेत फुटबल संघले स्वीकार गरेपछि नेपालले पहिलो खेल कुवेतमा खेल्ने भएको हो ।

यसकाे अर्थ नेपालले चार वटा खेलहरु घरेलु मैदानमा खेल्ने भएकाे छ । तर त्याे बेलासम्म दशरथ र‌गशाला तयार हाेला त ? यदि साे बेलासम्म मैदान तयार भएन भने विकल्प के ?

हेराै भिडियाे रिपाेर्ट
 

नेपालगञ्ज रंगशाला विकल्प

यता नेपालको एकमात्र अन्तराष्ट्रिय स्तरको भनिएको दशरथ रंगशाला सो बेलासम्म तयार नहुने जस्तै देखिएको छ । त्यसैलेपनि राष्ट्रिय खेलकुद परिषद्ले नेपालगञ्जलाई विकल्प हुनसक्ने बताएको छ । तर नेपालगञ्जको रंगशाला मैदान ठिक भएपनि खेलाडीको चेञ्जिङ रुम लगाएका अरु केहि पुर्वाधार थप्नुपर्ने हुन्छ । यता राष्ट्रिय खेलकुद परिषद्ले सो रंगशालाको टेन्डर प्रक्रिया अगाडी बढाइसकेकाले थप खर्च ब्यवस्थापन गर्न चुनौती नै छ ।

रंगशालाको मैदानको मर्मत

यस्तैमा दशरथ रंगशालामा पनि मैदान बनाउने काम पनि चुनौतीपुर्ण रहेको छ । पछिल्लो पटक परिषदले एन्फालाई मैदान बनाउनका लागि स्विकृती दिने देखिएको छ । तर सेन्थटिक ट्रयाक बनाएको चीनीया कम्पनीले आफुले बनाएको पुर्वाधार विग्रिएमा असह्य हुने भन्दै त्यसको विकल्पका रुपमा पुल हालेर मैदान बनाउने काम गर्ने की भन्ने एन्फाको तयारी छ । त्यसका लागि ढेड दुई लाख रुपैयाँ एन्फाले खर्च गर्नुपर्ने हुन्छ । यदि पुल हालेर मैदानको काम गर्ने हो भने प्याराफिटदेखि ट्रयाक नछुई सोझै मैदानमा पुग्ने पुल हाल्नुपर्ने हुन्छ । तर कसरी त्यो हाल्ने भन्ने अर्को प्रश्न छ ।

अब चीनीया कम्पनीले रंगशाला हस्तान्तरण गर्न ढिलाई गरिरहँदा अन्तिम विकल्पका रुपमा मैदान बनाउन एन्फालाई परिषद्ले नै यो उपाय दिएको हो । यदि यसरी काम अगाडी बढाएमा अबको केहि दिनमा नै यसका काम सुरु हुनेछ ।

नेपालको अभ्यास खेल

नेपालले कुवेत विरुद्धको खेल अगाडी एउटा मैत्रीपुर्ण खेल खेल्ने योजना बनाएको छ । जसका लागि विभिन्न विकल्पहरु हेरिरहेको छ । यस्तैमा मािल्दभ्समा खेल्नेकी भन्ने कुरा पनि नआएको होइन, तर बजेटका हिसावले माल्दिभ्स निकै महंगो हुन जाने भएकाले कुवेतको बातावरणसँग सुहाउँदो र खेलाडीलाई कुवेत विरुद्ध खेल्दा त्यहाँको बाताबरणसँग घुलमिल हुन सजिलो होस भन्ने किसिमले मैत्रीपुर्ण खेलको योजनामा एन्फाले लागेको छ । त्यसका लागि कुवेत वरपरका देशसँग प्रस्ताव गरिरहेको छ । यस्तैमा फेरी मलेसियामा खेलाउने की भन्ने कुरा पनि चलिरहेकाे छ ।

विश्वकप छनोटको समुह बी मा रहेको नेपालले कुवेत, चाइनीज ताइपेइ, अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ । बलियो टिम विरुद्ध खेल्दा नेपालले कसरी आफुलाई तयार पार्छ त्यो भने सोचनिय विषय छ ।

Post Add 1025X115
Loading...