क्रिकेट बाेर्ड नहुँदा नेपाली क्रिकेटकाे पीडा (भिडियाे)

0

 तीन वर्षअघि अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले नेपाल क्रिकेट संघमा राजनीतिक हस्तक्षेप भएको भन्दै निलम्बनको निर्णय गरे पनि राष्ट्रिय टोलीलाई प्रतिबन्ध लगाएको थिएन । त्यतिबेला नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिप खेलिरहेको थियो । आईसीसीको एसियाली निकाय एसियन क्रिकेट काउन्सिल (एसीसी)को आयोजनामा हुने लागेको यू–१९ एसिया कप क्रिकेट सुरु हुन १ महिनाको समय पनि छैन । तर, नेपाललाई बन्द प्रशिक्षण र बैदेशिक प्रशिक्षणका लागि एसीसीले स्वीकृति दिएन ।

टिम नेपाल फर्किएपछि प्रशिक्षक विनोद दाशले टिमको तयारीको कार्ययोजना एसीसीलाई बुझाएका थिए । अगष्ट १ तारिखदेखि नै तयारी सुरु गर्ने, त्यसपछि भारतमा थप प्रशिक्षण गरेर उच्च मनोबलका साथ श्रीलंका पुग्ने नेपालको योजनामा एसीसी बाधक बन्यो ।

आईसीसीले पनि नेपाल प्रति हेर्ने नजर फरक पार्दै गरेकाे भान हुन थालेकाे छ । कारण अर्को वर्ष अस्ट्रलियामा हुने आईसीसी ट्वान्टी २० विश्वकपको एसियाली छनोटबाटै पराजित हुँदै बाहिरिएको नेपालका लागि आईसीसीले चाहेको भए छनोट गर्न पनि सक्थ्यो । किनभने जिम्बाबे क्रिकेट प्रतिबन्धमा थियो ।

अक्टोबर ११ देखि नोभेम्बर ३ सम्म युएईमा आयोजना हुने ग्लोबल क्वालिफायरका लागि आईसीसीले अफ्रिकी छनोटबाट दोस्रो भएको नाइजेरियालाई जिम्बाबेको स्थानमा छनोट गर्यो । नेपालको आफ्नै क्रिकेट बोर्ड र गतिलो अन्तर्राष्ट्रिय पहुँच भएको भए उच्च बरियताका आधारमा नेपालको छनोट हुने सम्भावना थियो । नेपाल ११ औं वरियतामा रहेर पनि विश्वकपको ग्लोबल क्वालिफायर खेल्न नपाउने टोली बनेको छ । सायद राष्ट्रिय टोलीको ब्यबस्थापनको जिम्मेबारी सबै आफैंले लिनुपर्ने झन्झट टार्दै आईसीसीले वरीयताको नियम लागू नगरेको हुन सक्छ ।

थप विवरण याे भिडियाे रिपाेर्टमा ।

 

Post Add 1025X115
Loading...