यू-१९ एसियाकपः लक्ष्य सेमिफाइनल पुग्ने, कप्तान पौडेल

0

काठमाडौं, २३ साउन, नेपाली यू १९ क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले एसियाकपमा नेपालको लक्ष्य सेमिफाइनल पुग्ने रहेको बताएका छन् । टीयू क्रिकेट मैदानमा विहीबारदेखि शुरु भएको अनौपचारिक प्रशिक्षणमा उपस्थित भएका पौडेलले एसियाकपमा टेस्ट नेशन राष्ट्रसँगको प्रतिस्पर्धा महत्वपूर्ण हुने बताए ।

श्रीलंकामा हुने प्रतियागितामा टेस्ट नेशनको रुपमा भारत, पाकिस्तान, श्रीलंका, अफगानिस्तान र बंगलादेशसले पनि खेल्ने छन् । प्रतियोगिताका लागि पहिला देखिनै तयारी थाल्नु पर्ने भए पनि मैदान अभावका कारण ढिलै भए पनि प्रशिक्षण शुरु हुन टिमका लागि राम्रो कुरा भएको उल्लेख गरे । उनले भने ‘प्रतियोगिता ५ सेप्टेम्बरदेखि सुरु हुदैछ , क्यम्प पहिलो अगस्टमा नै लगाउने भनेका थियौ तर ढिलो भएको हुँदा १२ तारिखदेखि मात्रै औपचारिक रुपमा शुरु हुन्छ होला । १० —१५ दिन तयारी गरेर श्रीलंका जाने, जुनसुकै टिमलाई पनि १०० प्रतिशत दिने आशा गरेको छु ।’

यसअघि भारतमा गएर बन्द प्रशिक्षण गर्ने र त्यहाँ अभ्यास खेल खेल्ने तयारी गरेको नेपाली टिमलाई एसीसीले अनुमति नदिँदा त्यो योजना पनि स्थगन गर्नु परेको छ । त्यसैले नेपाली टिमका कप्तान पौडेलले अब यही अभ्यास गर्ने र श्रीलंकामा अलि अगाडी गएर अभ्यास खेल खेल्ने तयारी भइरहेको पनि बताए ।

उनले भने ‘ पहिले सोचेजस्तो भएन । हामीले १ महिनाअघि नै क्यम्प लाग्छ भन्ने सोचेका थियौ । भारतको बैंग्लोर गएर अभ्यास गर्छौ भनेका थियौं त्यस्तो हुन सकेन अब श्रीलंकामै गएर अभ्यास गर्छौ, त्यो पनि प्रतियोगिताको १० दिन अगाडी ।’

एसियाकप खेल्न जाने खेलाडीहरु अहिले काठमाडौं आएको बताउँदैए उनीहरुको बस्ने व्यवस्था गर्न अलि अप्ठेरो परेको पनि सुनाए । उनले भने ‘पहिला नै रुम नभएका खेलाडीहरु अहिले नियमित प्रशिक्षणका लागि आए पनि कति त साथीको बसेका छन् ।’

नेपाली टिम मजबुत रहेको बताउँदै कप्तान पौडेलले पहिला जस्तो एकतर्फी खेल नहुने पनि उल्लेख गरे । उनले बलिङ र ब्याटिङ दुवैमा नेपाली टिम राम्रो रहेको प्रतिक्रिया दिए ।

Post Add 1025X115
Loading...