सागमा साख जाेगाउनै कराँतेलाई चुनाैती, विदेशी प्रशिक्षककाे पर्खाइमा

0

दक्षिण एसियाली खेलकुद सागमा राम्रो प्रदर्शन गर्ने अपेक्षा सहित सातदोबाटो स्थित कराते हलमा अहिले खेलाडीहरु प्रशिक्षणरत् छन् । खेलाडी सामू एउटा चुनौति छ, राम्रो प्रदर्शन गर्ने ।

भारतमा भएको १२औं सागमा कराते समावेश नभएपछि मर्कामा परेका खेलाडीले आफूलाई प्रमाणित गर्ने तयारीमा छन् । घरेलु मैदानमा हुने सागमा इतिहास दोहोर्याउन पनि खेलाडीलाई चुनौति छ । ९० को दशकमा दक्षिण एसियामा करातेको वर्चश्व थियो । आठौं दक्षिण एसियाली खेलकुदमा नेपाली करातेले १४ वटा स्वर्ण पदक सहित एक रजत र एक कास्य पदक जितेको थियो ।

आठौंपछिका तीनवटा संस्करणमा कराते समावेश भए । नेपाली करातेले एघार स्वर्ण पदकमात्र जितेको छ । आठौंपछि अन्य देशहरुले फड्को मारे । तर, नेपाली कराते जहाँको त्यहीँ रह्यो । दशौं सागमा स्वर्ण जितेका कुशल श्रेष्ठले नवौंमा रजत र एघारौंमा कास्य पदक जिते । त्यसबेला उनी खेलाडी थिए, अहिले प्रशिक्षक भएका छन् ।

सागका लागि कराँतेकाे तयारीकाे भिडियाे रिपाेर्ट

नेपाली करातेले पुरुष, महिला र टिम इभेन्टमा गरी १९ वटा स्वर्णका लागि प्रतिष्पर्धा गर्नेछ । अहिलेको अवस्थामा नेपाली टिममा विभिन्न प्रतियोगिताको अनुभव लिइसकेका युवा खेलाडीको उपस्थिती छ । तर, अन्तिम चरणको छनोट हुन बाँकी छ । दक्षिण एसियाली खेलकुद शुरु हुन चार महिनाको हाराहारीमा समय बाँकी रहेको अवस्थामा नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइयो भने पनि राम्रो नतिजा आउने सक्नेछ । यस्तैमा कराते खेलाडी छनोट गर्न विदेशी निर्णायक आउने भएका छन् ।

नेपाली रेफ्रीले निर्णय गर्दा विरोध हुन सक्ने भएकाले साग छनोट प्रतियोगिताका लागि विदेशबाट रेफ्री ल्याउने तयारी भइरहेको प्रमुख प्रशिक्षक कुशल श्रेष्ठले बताए । ‘विदेशी रेफ्री ल्याउनका लागि नेपाल कराते महासंघ र राष्ट्रिय खेलकुद परिषद् पनि सकारात्मक छन्,’ प्रशिक्षक श्रेष्ठले भने ।

अहिले एक सयभन्दा बढीको हाराहारीमा खेलाडीहरु प्रशिक्षण गरिरहेका छन् । छनोट प्रतियोगितापछि कुल ३३ जना खेलाडी छनोट हुनेछन् ।

टिम फाइटमा १२ जना, कातामा ६ जना र १५ ब्यक्तिगत इभेन्टमा खेलाडी छनोट हुने प्रशिक्षक क्षेष्ठले बताए । छनोट प्रतियोगिता भदौ १८ गतेभित्र सकाउने योजना राखिएको पनि प्रशिक्षक श्रेष्ठको भनाई छ । तर मिति भने निश्चित भएको छैन ।  नेपाली करातेले पुरुष, महिला र टिम इभेन्टमा गरी १९ वटा स्वर्णका लागि प्रतिष्पर्धा गर्नेछ ।

विभिन्न प्रतियोगिताको अनुभव लिइसकेका युवा खेलाडीको उपस्थिती छ ।

Post Add 1025X115
Loading...