नेपालले ओमानमा टी–२० सिरीज खेल्ने, प्रतियाेगिताकाे खेल तालिका २ दिनमा सार्वजनिक हुने

0

आइसीसी टी–२० विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउन नसकेको नेपाली राष्ट्रिय क्रिकेट टिमले ओमानमा टी–२० सिरीज खेल्ने भएको छ ।

५ देशको सहभागिता रहने प्रतियोगिता असोजमा हुने भएको छ । ओमान क्रिकेट संघले यसअघि नै प्रतियाेगिताकाे एकिन गरिसकेकाले याे प्रतियाेगिता हुने निश्चित जस्तै छ । साे बेला नेपाल विश्वकपकाे ग्लाेबल क्वालिफायरमा छनाेट हुने संभावना रहेकाे र याे प्रतियाेगिता तयारीका रूपमा राखिएकाे थियाे ।

अब नेपाल विश्वकपकाे ग्लाेबल छनाेटमा नपुगेपछि पनि ओमान क्रिकेट सँघले नेपाललाइ सहभागिताका लागि दबाव जस्तै दिएकाे छ । जसका लागि नेपाली क्रिकेट टिमले अाइसीसीलाइ स्विकृतीका लागि पत्र पठाएकाे छ ।

यो प्रतियोगिता ग्लोबल क्वालिफायर्स अगाडी अक्टाेबर तीन देखि ११ तारिखसम्म हुनेछ।  जसमा टिमहरू तीन तारिखमा ओमान जानेछन भने ११ तारिखमा फर्किनेछन । यसअघि याे प्रतियाेगिता १ देखि १० तारिखसम्म तय भएकाे थियाे ।

नेपालसहित ओमान, आयरल्याण्ड, हङकङ र नेदरल्याण्ड्सको सहभागिता रहने सो प्रतियोगिताका लागि आइसीसीले अनुमती भने दिएको छैन । यो प्रतियोगिता ओमानमा गर्नका लागि ओमान क्रिकेट संघले सहभागि सबै संघलाई पत्राचार गरीसकेको छ ।

ओमान क्रिकेट संघलाई सबै टिमले खेल्ने पक्का गरेको बताइएको छ । याे प्रतियाेगितापछि ओमान, आयरल्याण्ड, हङकङ र नेदरल्याण्ड्स ग्लाेबल विश्वकप छनाेटमा सहभागि गर्ने जानेछन । ग्लाेबल क्वालिफायर्स १४ अक्टाेबरदेखि यूएइमा हुदैछ ।

 

Post Add 1025X115
Loading...