स्काेडा फुटसलको उपाधि हिमालयन बैंकलाई

0

काठमाडौं, १८ साउन । स्काेडा अन्तर बैंक फुटसल प्रतियोगिताको उपाधि हिमालयन बैंकले जितेको छ ।

आज भएको फाइनलमा ग्लोबल आईएमी बैंकलाई ३-० गाेलले पराजित गर्दै हिमालयले उपाधि जितेको हो । प्रतियोगिताको उपाधि विजेता हिमालयन बैंकले नगद १ लाख रुपैयाँ पुरस्कार पाउँदा उप विजेता भएको ग्लोबल आईएमईले ५० हजारमा चित्त बुझायो ।

मोस्ट भ्यालुएबल प्लेयरमा हिमालयनका आँचल खत्री घोषित हुँदा वेस्ट गोलकिपरको अवार्ड पनि हिमालयनकै सुरज चन्द बने । यसैगरी प्रतियोगिताभर सर्वाधिक गोलकर्ताको सूचीमा तीन जना खेलाडी रहेका छन् ।

हिमालयन बैंकका आँचल खत्री र विवेक महर्जन तथा एनआईसी एसियाका सुरज महर्जन रहेका छन् । प्रतियोगिताभर तीनै जनाले ९–९ गोल गरेका थिए । उपाधि विजेता खेलाडीहरुलाई गभर्नर चिरञ्जीबि नेपालले पुरस्कार प्रदान गरेका थिए ।

नगद पुरस्कारसँगै उपाधि जित्ने खेलाडीहरुले एक वर्षका लागि स्विमिङ पुलको सदस्यता पनि पाएका छन् । एक्टिभ स्पोर्टसले आयोजना गरेको यस प्रतियोगितालाई स्काेडा कारले प्रायोजन गरेको थियो ।

Post Add 1025X115
Loading...