सागको तयारीका लागि करातेको पहिलो चरणकाे खेलाडी छनोट, को को परे ?

0

आसन्न दक्षिण एशियाली खेलकुद सागका लागि कराँतेमा पुरुषमा १४ र महिलामा १० खेलाडी पहिलो चरणमा विशेष प्रशिक्षणका लागि छनोट भएका छन ।

सातदोबाटो स्थित कराते एकेडेमीमा भएको छनोट प्रतियोगितामा पुरुषमा विनोद शाक्य, लेखनाथ मैनाली, सुजन श्रेष्ठ, मुकुन्द महर्जन, विनोद महर्जन, रविन्द्र कार्की, राम लिम्बु, आशिष थापा, डिगम्बर पन्त, विजय लामा, विपललाल श्रेष्ठ, शेखर श्रेष्ठ शुसिल पौडेल, विरबहादुर रनेनी विशेष प्रशिक्षणका लागि छनोट भएका हुन ।

यस्तै महिला तर्फ, बिधुशा थापा, अमृता शान्धा, सुमिता महर्जन, कृपा श्रेष्ठ, सुम्तिा वाइबा, रोजिता ढुंगेल, विनिता श्रेष्ठ, पुजा पुलामी मगर, जिना शुब्बा, सरिता श्रेष्ठ रहेका छन ।

सागका लागि आजबाट विशेष प्रशिक्षण सुरु भएको छ । सागका लागि पुरुषमा १८ र महिलामा १५ खेलाडी छनोट गरिनेछ ।

Post Add 1025X115
Loading...