बास्केटबल लिग आयोजकले फेरि देशभर प्रतियोगिता गर्ने

0

नेपालमा पहिलो पटक आयोजना भएको पुरुष तथा महिला बास्केटबल लिग आयोजकले अब देशका विभिन्न भागमा थ्री अन थ्री बास्केटबल लिग र थ्री अन थ्री इष्ट लिग आयोजना गर्ने भएको छ । यसअघि नेपाल बास्केटबल लिग र महिला बास्केटबल लिगको आयोजना गरेकोमा अब देशभरमा बास्केटबलमा देखिएका प्रतिभालाई छनोट गर्नका लागि थ्री अन थ्री बास्केटबल लिग गर्न लागेको हो ।

एनबिएल थ्री अन थ्री इस्ट पूर्वको विर्तामोड, धरान र विराटनगरा भदौ ६ देखि ११ गतेसम्म आयोजना गरिनेछ । तीन वटै स्थानमा कम्तिमा १०–१० टिम विच नकआउटका आधारमा पहिलो चरणका खेलहरु खेलाइनेछ ।

पहिलो चरणको प्रतियोगितामा तीनै स्थानका पहिलो र दोस्रो हुने टोली विर्तामोडमा हुने फाइनलका लागि प्रतिस्पर्धा गर्नेछन । विर्तामोडमा भदौ १४ गते हुने फाइनलमा ६ टिमले भाग लिनेछन । जसमा सहभागि टिमलाई दुई समुहमा विभाजन गरेर लिग कम नकआउटका आधारमा प्रतियोगिता खेलाइनेछ ।

पूर्वमा सम्पन्न हुने प्रतियोगिताका लागि विर्तामोड बास्केटबल संघका प्रकाश लिंगडेन, धरान बास्केटबल संघका विकाश चाम्लिङ र विराटनगर बास्केटबल एकेडेमीका सरोज लम्सालले सहयोग गर्ने आयोजकले बताएका छन ।

यो प्रतियोगितामा सहभागि सबै टिमले चार चार खेलाडीलाई सहभागि गराउन पाउनेछन । जसमा २१ अंक बटुल्ने पहिलो टिम विजेता हुनेछ ।
यस्तै थ्री अन थ्री वेष्टमा धनगढी, बुटवल र पोखरामा गराइनेछ । यसको मिती भने घोषणा गर्न बाँकी रहेको छ । तर आयोजकले यो प्रतियोगिता कार्तिकमा गर्ने योजना बनाएको छ ।

इस्ट र वेष्टको सञ्चालनपछि नेपालका ६ अन्य स्थानहरुबाट पनि उल्लेख्य मात्रामा बास्केटबल खेलाडीको उत्पादन हुनेमा विश्वास गरिएको छ ।

Post Add 1025X115
Loading...