तेक्वान्दो संघले हाइ अल्टिच्युड ट्रेनिङ सेन्टर निर्माण

0

दोलखाको शैलुङमा नेपाल तेक्वान्दो संघले हाइ अल्टिच्युड ट्रेनिङ सेन्टर बनाउने भएको छ ।

आज शैलुङ गाउँपालिकाका अध्यक्ष भरतप्रसाद दुलाल र नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शम्सेर राणावीच जग्गा भोगचलन सम्बन्धि सम्झौता भएको हो । सम्झौता अनुशार गाउँपालिकाले ट्रेनिङ सेन्टरका लागि पाँच रोपनी क्षेत्रफलको जग्गा तेक्वान्दो संघलाई उपलब्ध गराएको छ ।

नेपाल हाई अल्टिच्युड ट्रेनिङका लागि उपयुक्त गन्तब्य हुन सक्ने र उच्च स्थानमा प्रशिक्षण स्थल बनाउने चर्चा भइरहँदा नेपाल तेक्वान्दो संघले दोस्रो चरणको काम सकाएको छ । संघले निर्माण शुरु भएको तीन वर्षमा निर्माण सकाउने लक्ष्य लिएको छ । निर्माणका लागि सात चरण वर्गीकरण गरेको छ । जसमा पहिलो र दोस्रो चरण सकिँदा जग्गा अधिग्रहणको काम सकिएको छ ।

ट्रेनिङ सेन्टर दुई हजार आठ सयभन्दा माथिको उचाईमा अवस्थित छ । तेक्वान्दो संघका महासचिव दीप राज गुरुङले अब वर्षाको मौसम सकिनेबित्तिकै काम सुरु गर्ने र ३ वर्ष भित्र ट्रेनिङ सेन्टर बनाइसक्ने बताए। ‘जग्गा प्राप्त भएको छ। अब हामी विज्ञहरुलाज्ञ त्यहाँ लगेर अवलोकनपछि गुरुयोजना तयार पार्छौं,’ महासचिव गुरुङले भने ।

एकेडेमी निर्माणका लागि बजेट पनि गुरुयोजना तयार भएसँगै निश्चित हुने उनको भनाई छ । यो ट्रेनिङ सेन्टर तेक्वान्दोलेमात्र नभई अन्य खेलले पनि भोगचलन गर्न सक्ने संघले जनाएको छ । त्यहाँ विदेशीहरुलाई समेत प्रशिक्षण गर्नका खुल्ला हुनेछ ।

Post Add 1025X115
Loading...