ग्लोबल क्वालीफायरमा पुग्ने स्तर नै बनेको छैनः प्रशिक्षक पटवाल (अन्तरवार्ता)

0

नेपाली राष्ट्रिय क्रिकेट टिम सम्हालेपछि पहिलो पटक औपचारिक प्रतियोगितामा प्रशिक्षक उमेश पटवालले नराम्रो अनुभव भोगेका छन् । मलेसियाविरुद्धको टि–२० सिरिज जितेपनि टि–२० विश्वकप छनोटमा भने नेपालले नमीठो पराजय भोग्नु प¥यो ।
नेपाली टिम केही कमजोर नै देखियो । आफूभन्दा तल्लो स्तरका टिमसँग हार्दा सबैलाई नमज्जा लागेको छ । प्रशिक्ष उमेश पटवालले पनि नेपाली टिमको स्तर कमजोर बन्दै गएको बताए । यो प्रदर्शनले ग्लोबल क्वालीफायर जानु पन लज्जास्पद हुने प्रशिक्षकले बताए ।

‘क्रिकेट यस्तै हो । यो अवस्थामा हामीले राम्रो खेल्न सकेनौं । पारसले राम्रो खेल्न सकेन, सन्दिपले विकेट लिन सकेन । हामीले राम्रो टिमका रुपमा खेल्न सकेनौं,’ पटवालले भने ।
प्रशिक्षक पटवालसँग गरिएको कुराकानीः

हामीले यो प्रतियोगिता जित्छौं भन्ने आशाका साथ आएका थियौं, तर तेस्रो भयौं । के भन्नुहुन्छ ?
कहिलेकाहीँ हामी ठोस योजना नै नभईकन अलि धेरै अपेक्षा गछौं । यस्तो घटना पहिलो पटक पनि भएको होइन । यस्तो प्रदर्शनले ग्लोबल क्वालीफायरमा केही गर्न सक्दैनथ्यौं । राम्रै भयो हामी त्यहाँ जाँदैनौं । त्यसका लागि हामीले अझ धेरै तयारी गर्नुपर्छ । यतिकै गएको भए ग्लोबलमा पनि यस्तै नतिजा भोग्नु पथ्र्यो ।

नेपाल टिम नै राम्रो नभएर यस्तो भएको हो ?
नराम्रो होइन । तर, यो स्तरमा आएपछि खेलाडीले पनि आफ्नो ब्यक्तिगत प्रदर्शन सुधार गर्नुपर्छ । केटाहरुले मेहनत गरेनन् । कहिले काहीँ यस्तो हुन्छ । जव तपाई प्रदर्शन नराम्रो गर्दा पनि आफुलाई राम्रो छु भन्ने सोच्नुहुन्छ, त्यो ठीक होइन ।

युएईमा हामीले टिमका रुपमा प्रदर्शन गरेका थियौं । त्यस्तै खेल हुन्छ भन्ने सोच्यौं, तर सँधै त्यस्तो हुँदैन ।

घरेलु संरचनामा धेरैवटा टि–२० प्रतियोगिता हुँदा पनि महत्वपूर्ण समयमा प्रदर्शन गर्न नसक्नुको कारण के हो ?
हेर्न सक्नुहुन्छ, घरेलु प्रतियोगितामा कुनै पनि नेपाली खेलाडीले राम्रो खेलिरहेका छैनन् । हामीसँग ‘म्याच विनर’ खेलाडी छैनन् । पहिलो म्याचमा ज्ञानेन्द्र मल्ल म्यान अफ द म्याच भए, अर्को खेलमा पारस खड्का । युएईमा पनि हामीसँग फरक फरक म्याच विनरहरु थिए । (अविनाष) बोहरा म्यान अफ द सिरिज भएको थियो ।
माथिल्लो स्तरमा खेल्दा हामीले आफैंलाई चुनौति दिन सक्नु पर्छ ।

पूरा अन्तरवार्ताका लागि:

Post Add 1025X115
Loading...