सिंगापुर विरुद्ध ‘बेष्ट अफ दी बेष्ट’ क्रिकेट खेल्नेछौ – पारस खड्का

0

कुवेत विरुद्ध सात विकेटको जित निकालेको नेपाली टिमका कप्तान पारस खड्काले आज बलरले राम्रो खेलेको र ब्याटिङमा पनि सबैले उत्कृष्ट प्रदर्शन गरेको बताएका छन । तर पनि अब नेपालका लागि सिंगापुर विरुद्ध आइतबार हुने खेल नै मुख्य रहेको र त्यसका लागि टिमले उत्कृष्ट प्रदर्शन गर्ने धारणा राखे ।

नेपालको जितमा ६८ रनको पारी खेलेका कप्तान पारसले आफुले जहिले पछि टिम र देशका लागि राम्रो खेलौ भन्ने चाहेको त्यहि अनुसार सक्दो प्रयास गरेको बताए । उनले बलिङमा बसन्त रेग्मीको योगदानको कदर गरे ।

विश्वकप छनोट खेल्ने नेपालको सपना पुरा गर्न सिंगापुर विरुद्धको खेल निकै महत्वपुर्ण रहेको बताउदै पारसले बेष्ट क्रिकेट खेल्ने बताए । सिंगापुर टिम पनि बलियो रहेको र उसको होम मैदान रहेकाले टिमले पनि त्यहि अनुसारको योजना बनाएर खेल्ने उनको भनाई थियो ।

हामीले अहिलेसम्म बेष्ट अफ दी बेष्ट क्रिकेट खेलेका छैनौ, त्यो खेल सिंगापुर विरुद्ध देखाएमा विश्वकप छनोटको अन्तिम चरणमा पुग्ने उनको भनाई छ ।

हेरौ पारसले जितपछि के भने भिडियोमा

Post Add 1025X115
Loading...