बास्केटबलका रेफ्रि क्लिनिक पाेखरामा शुरु

0

बास्केटबलका राष्ट्रिय रेफ्रिहरुका लागि पोखरामा आजदेखि ‘फेडेरेशन अफ इन्टरनेशनल बास्केटबल एशोसिएशन(फिबा) रेफ्री क्लिनिक शुरु भएको छ ।

‘फिबा एशिया रिजनल कार्यालय’ को तत्वाधान तथा नेपाल बास्केटबल सङ्घ र कास्की जिल्ला बास्केटबल सङ्घको संयुक्त आयोजनामा शुरु भएको उक्त क्लिनिकमा छ जिल्लाका ३० बास्केटबल रेफ्रीको सहभागिता रहेको छ । दुई दिनसम्म सञ्चालन हुने क्लिनिकमा फिबा अन्तर्राष्ट्रिय रेफ्री तथा प्रशिक्षक मार्बिन एगोले प्रशिक्षण दिने बास्केटबलका जिल्ला अध्यक्ष ध्वजकुमार गुरुङले जानकारी दिए ।

प्रशिक्षणको शुभारम्भ गर्दै गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले खेलकूद क्षेत्रको विकासविना देशको समृद्धि असम्भव भएको बताए ।

उनले प्रदेश सरकारले खेलकूद एकेडेमी स्थापना गर्ने योजना बनाएको सो अवसरमा जानकारी दिए । राष्ट्रिय खेलकूद परिषद्का सदस्य राजेश गुरुङले पोखरा रङ्गशालाको प्रवेश द्वारमा रहेको बास्केटबल कोर्टलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिए । नेपाल ओलम्पिक कमिटीका सदस्य तेज गुरुङले १३औँ दक्षिण एशियाली खेलकूदका लागिसमेत यस प्रशिक्षणले सहयोग पुग्ने बताए ।

Post Add 1025X115
Loading...