टिमको ओपनिङ मैले नै गर्ने हो-पारस

0

नेप्लेज, ६ साउन । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले मैदानको आकार सानो भएको र पीच पनि सुस्त भएकाले यसको फाइदा नेपालले लिन सक्ने बताएका छन् । उनले नेपालले कुन पीचमा खेल्ने हो त्यो हेरेर टिम तयार पार्ने पनि याेजना सुनाए । आइसीसी टी २० विश्वकपको एशिया छनोटका लागि सिंगापुरमा रहेको नेपाली टिमले पहिलो खेल म‌ंगलबार कतारविरुद्ध खेल्दैछ ।

कप्तान पारसले आफुले ओपनीङ गर्ने प्रष्ट पारे । साथै उनले पछिल्लो पटक राम्रो लयमा नदेखिएका उपकप्तान ज्ञानेन्द्र मल्लबाट धेरै आशा गरेको तर त्यसलाई नतिजामा निकाल्न नसक्दा बढि आलोचना भएकाे पनि जवाफ दिए ।

कप्तान पारसले यतिबेला नेपाली टिममा स्थान बनाउन निकै प्रतिस्पर्धा रहेको र यसको रिजल्ट नेपाली टिमले राम्रो पाएका धारणा राखे । साथै उनले नेपाली क्रिकेटलाई अर्को लेभलमा पुर्‍याउन यसको निकै खाँचो रहेको र आफूहरुले त्यो सुरुवात गरेको समेत बताए ।
यसका साथै पारसले कतारको खेल हेर्दा उनीहरुपनि राम्रो टिम रहेकाले त्यहि अनुसारको रणनीति बनाउने उल्लेख गरे ।

हेरौ पारसले के भने कतार विरुद्धको खेल अगाडी भिडियोमा

Post Add 1025X115
Loading...