विश्वकप छनोटको अन्तिम चरणमा स्थान बनाउनु नै प्रमुख लक्ष्य -भिडियो

0

सोमबारबाट सुरु हुने आइसीसी टी २० विश्वकप छनोटको एशिया क्षेत्रका लागि सहभागि पाँच वटै टिमले एउटै लक्ष्य रहेको बताएका छन । नेपालसहित कतार, मलेसिया, सिंगापुर र कुवेतका कप्तानहरुले यो प्रतियोगिता आफ्ना लागि निकै ठुलो रहेको र यसलाई जितेमा आफ्नो देशको क्रिकेटलाई ठुलो सहयोग पुग्ने बताए ।

प्रिम्याच कन्फ्रेन्समा बोल्दै नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्काले यो प्रतियोगिताका लागि राम्रो तयारी भएको र सबै खेलाडी उच्च मनोबलमा भएको बताए । यसका साथै उनले यो प्रतियोगितालाई सबै समर्थकले विभिन्न माध्यमबाट हेर्ने र त्यसले पनि आफ्नो हौसला बढ्ने धारणा राखे । साथै उनले यसमा सहभागि सबै टिमम राम्रा रहेको र त्यसमा पनि टी २० क्रिकेटमा कोहिपनि कमजोर भन्न नमिल्ने बताए ।

 

यस्तै मलेसियाका कप्तानले यो प्रतियोगिता अगाडी तयारी राम्रो रहेको धारणा राखे । उनले यसका लागि तीन महिना देखि टिम तयारीमा रहेको र मलेसियामा नेपाली विरुद्धको खेलले कमजोरी पत्ता लागेको समेत बताए । उनले सिंगापुरको भूमीमा ग्लोबल छनोटमा स्थान बनाउन सजिलो बाटो भने नहुने बताए । उनले सबै टिम उत्कृष्ट रहेको बताउँदै त्यसका लागि मेन्टल्ली तयार रहेको बताए ।

यस्तै कुवेतका कप्तानले यो प्रतियोगिताका लागि आफुहरुले ओमान विरुद्ध सिरीज खेलेको बताए । सो सिरीजले टिमलाई निकै फाइदा भएको धारणा राखे । यस्तै उनले आफ्नो लक्ष्य ग्लोबल क्वालिफायर्समा पुग्ने रहेको बताए ।

कतारका कप्तानले यहाँ आउनु अगाडी टिमले चार महिना देखि तयारी गरेको र सबै खेलाडीहरु फिट रहेको धारणा राखे । यस्तै उनले यो प्रतियोगिता जितेमा टिमका लागि निकै राम्रो हुने बताए । किनकी सरकारले क्रिकेटका लागि धेरै पूर्वाधार बनाउन लागेको उनले खुलासा गरे । जसमा कतारी सरकारले क्रिकेट पुर्वाधारमा सात वटा नयाँ रंगशाला बनाउने सुरु गरेको र यदि विश्वकपको ग्लोबल छनोटमा पुगेमा झन उत्साह थपिने बताए । प्रतियोगितामा भोली सिंगापुर र कतार विच प्रतिस्पर्धा हुनेछ ।

Post Add 1025X115
Loading...