भारतीय क्रिकेट टिमका सम्भावित तीन प्रशिक्षक!

0

आईसीसी विश्वप २०१९ मा भारतीय टिम सेफिाइनलबाट बाहिरिए पछि प्रशिक्षक रवि शास्त्रीको कार्यकाल थप नगर्ने भन्दै टिमका लागि नयाँ प्रशिक्षकको खोजि शुरु भइसकेको छ ।

त्यसका लागि कपिल देवको नेतृत्वको समितिले काम गरिरहेको छ । भारतीय प्रशिक्षक बन्नका लागि उक्त समितिले योग्यता पनि सार्वजनिक गरिसकेको छ । रवि शास्त्रीले भारतीय टिमलाई २०१७ को च्याम्पियन्स ट्रफीपछि सम्हालेका हुन् । उनको कार्यकाल विश्वकप लगत्तै सकिएको भएपनि वेस्टइण्डिज सिरिजसम्मका लागि म्याद थप गरिएको छ ।

बीसीसीआईले नयाँ प्रशिक्षकका लागि १६ जुलाईमा सूचना जारी गरेको थियो । प्रशिक्षकले आवेदन दिने अन्तिम मिति ३० जुलाईसम्म तोकिएको छ । बीसीसीआईले मुख्य प्रशिक्षक बन्नका लागि शर्तहरु राखेको छ । उमेर ६० वर्ष भन्दा कमको हुनुपर्ने, टेस्ट खेल्ने देशलाई कम्तिमा २ वर्ष प्रशिक्षण गराएको तथा एशोसिएट राष्ट्रको टिम तथा आईपीएलको टिमलाई कम्तिमा ३ वर्ष प्रशिक्षण गराएको हुनुपर्ने छ ।

१ टम मुडीः

भारतीय टिमको प्रशिक्षकको रुपमा टम मुडी प्रबल दावेदारका रुपमा रहेका छन् । अस्ट्रेलियाका मुडि एक खेलाडी भन्दा पनि प्रशिक्षकको रुपमा सफल रहेका व्यक्ति हुन् ।

मुडिले २००१ मा अस्ट्रेलिया क्रिकेटबाट सन्यास लिएका थिए । त्यसपछि उनी प्रशिक्षकको करियरमा गए । उनले २००५ मा श्रीलंकन टिमको प्रशिक्षक भएर काम गरे । उणको प्रशिक्षकत्वमा २००७ को विश्वकपमा श्रीलंका फाइनलमा पुगेको थियो ।

यसैगरी आईपीएलमा सनराईजर्स हैदराबादको प्रशिक्षक भएर काम गरेका अनुभव मुडीसँग छ । उनले सम्हालेपछि हैदराबादले २०१६ को आईपीएलमा उपाधि जितेको थियो । अहिले मुडीले हैदराबाद टिम छाडिसकेका छन् । उनले आफूलाई भारतीय टिमकै प्रशिक्षकका रुपमा आवेदन दिनका लागि हैदराबाद छाडेका आंकलन गरिएको छ ।

२. महेला जयबर्द्धने

भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षकको रुपमा श्रीलंकन पूर्व क्रिकेटर महेला जयबर्द्धनेको नाम पनि अगाडि आएको छ । महेला जयबर्द्धने श्रीलंकाको महान ब्याट्सम्यान मध्ये एक हुन् ।

२०१५ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट विदा भएपछि जयबर्द्धनेले अहिलेसम्म मुख्य प्रशिक्षकको रुपमा कतै पनि काम गरेका छैनन् । तर उनले विभिन्न टिमको सल्लाहकारको रुपमा काम भने गरेका छन् ।

उनीसँग इंग्ल्याण्ड टिमको ब्याटिङ प्रशिक्षक भएर काम गरेको अनुभव छ भने आईपीएलको टिम मुम्बई इन्डियन्सको प्रशिक्षकको रुपमा २०१७ मा आवद्ध भएका थिए । उनको संलग्नतामा मुम्बईले तीन सिजन मध्ये २ सिजन उपाधि जित्न सफल भएको छ ।

३. गेरी कस्टर्न

दक्षिण अफ्रिकाका पूर्व खेलाडी गेरी कस्टर्नको बारेमा परिचय नै दिनु पर्दैन् । उनकै प्रशिक्षकत्वमा भारतले २०११ मा विश्वकप नै जितेको थियो ।

भारतले २८ वर्ष पछि उनी प्रशिक्षक भएका बेला उपाधि जितेको हो । गेरी कस्र्टनको प्रशिक्षकत्वमा भारतले सानदार प्रदर्शन गरेको थियो । भारतीय खेलाडीसँग राम्रो तालमेल कायम गरेका कस्टर्नलाई पनि भावि प्रशिक्षकको रुपमा हेरिएको छ ।

२०२३ को विश्वकप पनि भारतमै हुन लागेको कस्टर्नलाई भारतले फेरि एक पटक मौका दिन सक्ने सम्भावना पनि उत्तिकै छ । तर अन्तिम निर्णय भने पछि नै थाहा हुने छ ।

Post Add 1025X115
Loading...