ललित स्मृति यू–१८ फुटबलः पहिलो हाफमा ब्रिगेड ब्वाइजलाई अग्रता

0

नेप्लेज, ५ साउन । तेस्रो ललित स्मृति यू–१८ फुटबल प्रतियोगिता अन्तर्गत ब्रिगेड ब्वाइज र नेपाल पुलिस क्लबबीचको फाइनल खेल अहिले भइरहेको छ ।

सातदोवाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा पहिलो हाफमा ब्रिगेड ब्वाइजले अग्रता लिएको छ ।

खेलको २३ औं मिनेटमा ब्रिजेस चौधरीले ब्रिगेड ब्वाइजलाई अग्रता दिलाएका हुन् । रेजिन सुब्बाको पासमा पृथ्वी चौधरीले गरेको प्रहार पुलिसका गोलरक्षकले रोकेका थिए ।

तर, रिबाउन्ड बलमा ब्रिजेसले सानदार गोल गरी बिभागीय टोलीबिरुद्ध ब्रिगेड ब्वाइजलाई अग्रता दिलाएका हुन् ।

२८ औं मिनेटमा ब्रिजेसले नै अर्को गोलको अवसर खेर फालेपछि ब्रिगेड ब्वाइजले पहिलो हाफमा २ गोलको अग्रता लिने अवसर गुमाएको थियो ।

नेपाल पुलिसले अहिलेसम्म डरलाग्दो आक्रमण बुन्न सकेको छैन ।

Post Add 1025X115
Loading...