सानो आकारको सिंगापुरको मैदानमा नेपाललाई रेकर्ड बनाउने अवसर (भिडियो)

0

सिंगापुरमा हुने आइसीसी टी २० विश्वकपको एशिया क्षेत्रीय छनोटको फाइनल भोली (सोमबार) बाट मलेसिया सुरु हुँदैछ । जसका लागि नेपाली क्रिकेट टिमले सिंगापुर पुगेर अन्तिम तयारीपनि पुरा गरेको छ । कुवेत, मलेसिया, कतार, नेपाल र घरेलु टिम सिंगापुर रहेको यो प्रतियोगिताका लागि सबै टिमको लक्ष्य शिर्ष स्थानमा रहने नै रहेको छ । यस्तोमा सबै टिमलाई मैदानको आकारले पनि ठुलो फाइदा हुने देखिएको छ । नेपालले यो प्रतियोगितामा सबै खेल विहान खेल्नेछ । नेपालका सबै खेलहरु विहान साढे नौ बजेबाट सुरु हुनेछन । यसको अर्थ नेपालले टस जितेमा पहिले बलिङ गर्न सक्नेछ ।

यसका साथै अरु अन्तराष्ट्रिय क्रिकेट प्रतियोगिता हुने मैदानको तुलनामा यो सिंगापुरको यो मैदान निकै सानो रहेको छ । सिंगापुर इन्डियन एसोसियसनको यो मैदानको आकार हेर्दा रनको बर्षा नहोला भन्ने सकिन्न, किनकी यो मैदानको सिधा भाग मात्र ४० मिटरको रहेको छ, यस्तै लेगसाइड तिरको भाग ७० मिटर र अगाडीको भाग ५५ देखि ६० मिटर छ । जवकी अन्तराष्ट्रिय मापदण्डको मैदान हेर्नेको भने सबै भाग कम्तिमा ५५ देखि ६० मिटरको हुनुपर्ने हो ।

आइसीसी डिभिजन ६ र ५ को आयोजना भएको यो मैदानमा सिनियर स्तरका खेलहरु ७ बर्षपछि हुँदैछन । २०१२ मा अन्तिम पटक यो मैदानमा आइसीसीको सिनियर स्तरको प्रतियोगिता भएको थियो, त्यो थियो, डिभिजन ५ । यस्तै २०१७ मा यू१९ विश्वकप छनोटका फाइनल चरणका खेलहरु भएका थिए ।

तर यो मैदानमा अहिलेसम्म आइसीसीका टी २० खेलहरु भएका छैनन् । यसको अर्थ इन्डियन एसोसियसन मैदानमा पहिलो पटक टी २० फरम्याटका खेलहरु हुँदैछन । यस्तोमा नेपाललाई यो मैदानमा धेरै अवसर हरु रहेका छन । पहिलो, विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउनुका साथै, टि २० मा टिमको उच्च स्कोर पनि बन्ने संभावना रहेको छ ।

मैदानको आकार हेर्दा ब्यक्तिगत रुपमा पनि धेरै रेकर्ड नबन्लान भन्ने सकिन्न । विस्फोटक तरिकाले खेल्ने खेलाडीका लागि यो मैदान रन बनाउन निकै सजिलो रहेको छ । यसका साथै मैदानको पिच स्पिनरलाई अलि बढि साथ दिने भएकाले पनि नेपाली स्पिनरलाई धेरै विकेट लिने अवसर पनि बन्न सक्छ ।

चारपाटे किसिमको यो मैदानमा क्रिकेट नभएका बेला फुटबल पनि खेलिने गरिन्छ । यसका साथै विभिन्न एकेडेमीको प्रशिक्षण र क्लव स्तरका खेलहरुको आयोजना यो मैदानमा हुने गरेका छन । नेपाली टिम पनि लामो समयपछि यो मैदानमा खेल्दैछ । यस्ता अवस्थामा नेपालको प्रदर्शन कस्तो होला त्यो सबैको चासोको विषय छ ।

Post Add 1025X115
Loading...