रन नबनेपछि ‘लो फिल’ भएको छः ज्ञानेन्द्र मल्ल

0

नेपाली क्रिकेट टिमका क्लासिक ब्याट्सम्यानको परिचय बनाएका ज्ञानेन्द्र मल्ले पछिल्लो पटक केहि राम्रो लयमा नहुँदा ओलोचित भएका छन । मलेसिया विरुद्धको दुई खेलमा पनि राम्रो गर्न नसकेका ज्ञानेन्द्रले आफुले खस्किएको प्रदर्शनमा केहि आलोचित हुनु स्वभावकि भएको तर, आफुले सक्दो राम्रो गर्न नसकेका आफुले पनि स्किार्नुपर्ने बताए ।

यसका साथै उनले अन्तिममा स्कोर कम भएपनि आफुले गर्ने मेहेनत कहिलेपनि कमि नभएको र सबैले रन नबनाएकाले धेरे आलोचना गरेको बताए । हो पछिल्लो पटक ब्याटिङमा ठुलो स्कोर गर्न नसकेपनि सिंगापुरको मैदानमा फेरी राम्रो लय समात्ने बताए ।

मलेसिया भ्रमणका क्रममा खेलिएको टि–२० सिरिज होस वा त्यो भन्दा अघिका केही अन्तर्राष्ट्रिय प्रतियोगिता, ज्ञानेन्द्र क्रिजमा जम्न सकेका छैनन् । उनीबाट नेपाली क्रिकेट समर्थकले धेरै अपेक्षा गरेका छन्, त्यो अपेक्षा अनुरुप ज्ञानेन्द्र सफल हुन सकेका छैनन् ।

मलेसिया भ्रमणका क्रममा नेपालले धेरै राम्रो अनुभव पाएको प्रतिक्रिया ज्ञानेन्द्रको छ । प्रतियोगिताको सबैभन्दा दाबेदार टिम नेपाल हो । दाबेदारको ट्याग लाग्दा सँधै दबाब हुने भएपनि नेपाली खेलाडीको क्षमताका कारण नेपाल सजिलै ग्लोबल क्वालिफायरका लागि छनोट हुने विश्वास ज्ञानेन्द्रको छ ।

‘रन नभएपछि अलिकति ‘लो फिल’ भएको छ,’ फर्म फर्काउनका लागि अझै पनि भरपुर मेहनत गरिरहेका छन् । ‘तर, रिजल्टमा आइरहेको छैन,’ ज्ञानेन्द्र भन्छन् । ‘मबाट १०–२० रनभन्दा धेरै रन अपेक्षा गरिन्छ, राम्रो प्रदर्शन गर्नका लागि दबाब छ,’ ज्ञानेन्द्रले भने ।
उपकप्तान ज्ञानेन्द्र मल्लसँग गरिएको कुराकानी यहाँ प्रस्तुत छः

Post Add 1025X115
Loading...