इंग्ल्याण्डलाई विश्वकप दिलाएका प्रशिक्षक बेलिस हैदरावादको  मुख्य प्रशिक्षकमा

0

इण्डियन प्रिमियर लिग टिम सनराइजर्स हैदरावादको  मुख्य प्रशिक्षकमा ट्रेभोर बेलिस  नियुक्त भएका छन् ।

हैदरावादले बिहिबार प्रेस विज्ञप्ति निकाल्दै विश्वकप विजेता प्रशिक्षक ट्रेभोरलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जनाएको छ ।हैदरावादले टम मोड्डीलाई बर्खास्त गर्दै ट्रेभोरलाई नियुक्त गरेको हो ।

मोड्डीको प्रशिक्षणमा हैदरावादले सन् २०१६ मा उपाधि सहित ५ पटक प्ले अफको यात्रा गरेको थियो ।

प्रशिक्षक ट्रेभोरले इंग्ल्याण्डलाई एकदिवसीय विश्वकप क्रिकेटको उपाधि दिलाएका थिए । यसअघि ट्रेभोरले कोलकाता नाइट राइडर्सबाट २ पटक आईपीएल उपाधि जितेका छन् ।

ट्रेभोरले एसेस सिरिजपछि इंग्ल्याण्डको प्रशिक्षक छाड्ने छन् । अष्ट्रेलियन ट्रेभोरले सन् २०१५ मा इन्ग्लिश टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।

Post Add 1025X115
Loading...