श्रीलंकन युवा बलर विरुद्ध नेपाली खेलाडी ब्याटिङमा उत्रदा (भिडियोमा)

0

सिंगापुरमा हुने आइसीसी टी २० विश्वकपको एशिया छनोटका लागि नेपाली टिमको तयारी अन्तिम चरणमा पुगेको छ । सिंगापुर पुग्नु अगाडी मलेसियामा १० दिनको प्रशिक्षण क्याम्प राखेको नेपाली टिमले मलेसियासँग दुई वटा खेल खेलको थियो । त्यसपछि थप अभ्यासमा ब्यस्त रहेको नेपाली टिमलाई श्रीलंकन युवा बलरहरुले क्याम्पमा बलिङ पनि गरेका थिए ।

मलेसियन क्रिकेट बोर्डको सहकार्यमा किनरारा ओभल मैदानमा प्रशिक्षणमा रहेका एकेडेमीका स्पिनर तथा तेज गतिका बलरले नेपाली ब्याट्सम्यानहरुलाई बलिङ गरेका थिए । हाल मलेसियामा नै बसेर प्रशिक्षण लिइरहेका उनीहरु विरुद्ध नेपाली ब्याट्सम्यान पवन सराफ, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दिप लामिछानेले ब्याटिङ गरेका थिए ।

विशेष क्याम्पको तयारी अन्तिम चरणमा पुग्दै गर्दा नेपाली खेलाडीको सिंगापुरकालागि मनोबल उच्च बनेको छ । नेपाली टिमले अब मलेसियामा दुुई दिनको प्रशिक्षण गर्नेछ । त्यसपछि उनीहरु जुलाई २० तारिखमा सिंगापुर प्रस्थान गर्नेछ । जहाँ नेपाली टिमले पहिलो खेल कतारसँग खेल्नेछ ।

 

 

Post Add 1025X115
Loading...