न्युजिल्याण्डले इंग्ल्याण्डलाई दुई सय ४२ रनको लक्ष्य, विलियम्सनको कीर्तिमान

0

आइसीसी एकदिवसिय विश्वकपको फाइनलमा न्युजिल्याण्डले इंग्ल्याण्डलाई दुई सय ४२ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले ५० ओभरमा आठ विकेट गुमाउँदै दुई सय ४१ रन बनायो । खराब सुरुवात गरेको न्युजिल्याण्डले पहिलो विकेट मात्र २९ रनमा गुमाएको थियो ।

तर दोस्रो विकेटका लागि केन विलियम्सन र हेनरी निकाल्सनले गतिलो साझेदारी गर्न सफल भए । जसमा विलियम्सनले ३० रन बनाए भने हेनरीले ५५ रनको पारी खेले । त्यसपछि न्युजिल्याण्डका लागि रोस टेलरले १५, टिम लाथमले ४७ तथा निसामले १९ रनको योगदान गरे । यस्तै ग्राण्डहोमले १६ रन थपे ।

बलिङमा इंग्ल्याण्डका क्रिस ओक्स र लिम पुल्किटले तीन तीन विकेट लिए ।

केन विलियम्सनले कप्तानका रुपमा विश्वकपमा धेरै रन बनाउन १२ बर्ष पुरानो कीर्तिमान तोडेका छन । यसअघि श्रीलंकन खेलाडी महेला जयबर्दनेले बनाएको ५४८ रनको रेकर्डलाई विलियम्सन तोड्न सफल भए । एकै विश्वकपमा धेरै रन बनाउने अब विलियम्सन पहिलो कप्तान बनेका छन । आजको खेलपछि उनले कुल पाँच सय ७८ रन बनाएका छन । जसमा उनले १० पारी खेलेका छन । जयबर्दनेले २००७ को विश्वकपमा सो रेकर्ड बनाएका थिए ।

Post Add 1025X115
Loading...