नयाँ कोच आएपछि कसरी खेल्ने भनेर ‘क्लीयर’ भयोः विनोद भण्डारी

0

नेपाली क्रिकेटमा हार्ड हिटर भनेर चिनिन्छन्, विनोद भण्डारी । तर, पछिल्लो समय विनोदको प्रदर्शन त्यति राम्रो बन्न सकेको छैन । केही समय राष्ट्रिय टिममा स्थान बनाउन पनि असफल रहे । जुन बेला उनी राष्ट्रिय टिमबाट बाहिर बसे, त्यही समय उनका लागि राष्ट्रिय टिममा फर्काउने महत्वपूर्ण समय बन्यो ।

त्यो समयमा उनले धेरै कुरा सोचे, आफ्नो प्रदर्शन, टिमको स्थिती, कन्डिसन, कस्तो बेलामा के गर्ने जस्ता कुराहरु । त्यसैका कारण उनले अर्को एउटा मौका पाए, र त्यसलाई सदुपयोग पनि गरे । मलेसियाविरुद्धको सिरिज जिताउन महत्वपूर्ण भुमिका खेलका विनोदसँग गरिएको अन्तरवार्ता यहाँ प्रस्तुत छ ।

विनोद भण्डारी जे नामको लागि नेपाली क्रिकेटमा परिचित हो, त्यसमा आज आफूलाई प्रमाणित गर्नु भएको छ । कस्तो लागिरहेको छ ?
राम्रो खेल्दा खुसी नै लाग्छ । पहिलाबाटै मेहनत गरिहेको थिएँ । पहिला मेहनत गर्दा पनि कुन स्तरको मेहनत हो भन्ने थाहा थिएन । कोच आएपछि सबै कुराहरु ‘क्लीयर’ भयो । कुन अवस्थामा कस्तो खेल्ने भनेर बाहिर बसिरहेको बेलामा पनि धेरै कुराहरु हुन्छ हाम्रो । त्यसले गर्दा पनि भित्र जाँदा सजिलो भयो ।

नेपालमा यस्तो पिच छैन । यहाँको पिच राम्रो छ । पिच अनुशार पनि आफुलाई ढाल्नु पर्छ । हिजोको म्याचमा पनि कुरा भइरहेको थियो । कस्तो सट ‘रिस्की’ हुन्छ, कुन सट खेल्न जाने जस्ता कुरा भइरहेको थियो । त्यसले गर्दा सजिलो भइरहेको थियो ।

तपाई क्रिजमा जाँदा रनको पनि आवस्यकता थियो, पार्टनरसिप बनाउनु पनि जरुरी थियो, के सोचेर ब्याटिङ गर्दै हुनुहुन्थ्यो ?
म जाँदा शरद दाई एक तिरबाट सेट भएर खेलिराख्नु भएको थियो । त्यसले गर्दा मलाई धेरै गाह्रो भएन । त्यतिखेर मेरो खास काम चाहीँ शरद दाईलाई स्ट्राइक दिनु थियो । शरद दाई आउट हुँदासम्म म सेट भइसकेको थिएँ । त्यसले गर्दा मलाई पछि खेल्न सजिलो भयो ।

टि–२० अन्तर्राष्ट्रियमा पहिलो अर्धशतक बनाउनु भयो । तपाईका लागि यो इनिङ कतिको महत्वपूर्ण थियो ?
टिम बाहिर रहँदा मैले रन हान्न सकिन भन्ने जस्ता कुराहरु घुमिरहेको हुन्छ । टिममा परेपछि मौका पाएको बेला फर्मम कसरी गर्ने भन्ने कुरामा धेरै फोकस थिएँ । रनभन्दा पनि भित्र गएर कसरी खेल्नेमा बढी ध्यान थियो । त्यही बेलामा रन आएछ र ५० पुगिसकेका छ । अर्धशतक पुगेका थाहा नै भएन ।

नेपालका लागि फास्टेस्ट फिफ्टी बनाउनु भएको छ । यो कुरा थाहा छ की छैन ?
त्यो त मलाई थाहा छैन । भित्र गएपछि कति बल खेलेँ, कति रन बनाएँ भन्ने नै थाहा हुँदैन ।

टिममा पुनरागमन गर्दा परिपक्व पहिलाभन्दा विनोद भण्डारी आएको हो ?
बाहिर भएपछि आफूले आफूलाई मुल्यांकन गर्ने समय मिल्छ । केले गर्दा आफूलाई समय दिइन, के गरेँ, के गरिनँ जस्ता कुरा सोच्थेँ ।

अविनाषले अन्तिम ओभरमा कस्तो बल फालेको थियो ?
अविनाषले रोक्छ भन्ने मलाई थाहा थियो । उसको योर्करहरु निकै राम्रो छ । उसले दुई–तीनवटा योर्कर फालेपछि सिधै ब्याकफुटमा गइहाल्यो । लेन्थ बलहरुमा उनीहरुले राम्रो हिट गरिरहेका थिए । बाउन्सरमा पुल हानिरहेका थिए । अविनाष त्यो ठाउँका लागि पर्फेक्ट बलर हो ।

 

Post Add 1025X115
Loading...