ऐतिहासिक सिरिज जिताएपछि डेथ ओभर स्पेसलिष्ट अविनाष बोहरा के भन्छन् ? (भिडियो)

0

नेपालले मलेसिया विरुद्ध दुई वटा टी२० खेलको सिरीज क्लीन स्विप गर्दाका नायक मध्येका एक हुन  अभिनाश बोहोरा । डेथ ओभर स्पिेसियलिष्ट बन्ने लयमा रहेका अभिनाशले मलेसिया विरुद्ध अन्तिम ओभरमा उत्कृष्ट बलिङ गर्दा नेपालले ६ रनको जित  निकाल्यो । एक सय ७५ रनको लक्ष्य पक्ष्याएको मलेसियालाई जितका लागि अन्तिम ओभरमा १३ रनको आवश्यकता थियो । यस्तैमा कप्तान पारस खड्काले अभिनाशलाई बलिङको जिम्मा दिए । मलेसियाका ब्याट्सम्यान अन्धाधुन्ध प्रहार गरिरहेका बेला अभिनाशले अन्तिममा मलेसियाका ब्याट्सम्यान विरुद्ध योर्करको बलको फाइदा उठाउँदै रोक्न सफल  भए ।

ऐतिहासिक जित दिलाउने तपाईकै हातमा थियो । अन्तिम ओभर बलिङ गर्न जाँदा के सोचिरहनु भएको थियो ?
त्यतिखेर मलाई विकेट लिनुभन्दा बल डट गर्नुछ, सिंगल भएपनि बाउण्ड्री दिनुहुँदैन भन्ने सोचेको थिए । विषेशगरी डट बलका लागि ‘फोकस’ गरिरहेको थिएँ ।

आफ्नो ब्यक्तिगत प्रदर्शनबाट कतिको खुसी हुनुहुन्छ ?
खुसी छु । डेथ ओभरमा राम्रो भयो । बलिङ युनिटले बनाएको योजनाअनुशार नै जान सफल भयौं ।
अघिल्लो ओभरसम्म धेरै बाउन्ड्री हानिरहेको अवस्थामा अन्तिम ओभर लिएर जाँदा कतिका दबाब महसुस गर्नुभएको थियो ?
दबाब त त्यस्तो थिएन । अन्तिममा ब्याट्सम्यान पनि थिएन । पारस दाईले पनि आफ्नो क्षमता देखाउ भन्नु भयो । आफ्नो शैलीदेखाउ भन्नु भएपछि अझ हौसला आयो ।

डेथ ओभर स्पेसलिष्ट हुने लाइनमा हुनुहुन्छ ?
हाहाहा । अन्तिम ओभरमा रन रोक्ने भनेको एउटै बल हुन्छ, योर्कर । विकेट पनि त्यस्तै थियो, योर्कर बल हानिरहेको थिएँ ।

आजको म्याचमा पनि शुरुमा त पिटाई खाइराख्नु भएको थियो । अन्तिममा आउनेवित्तिकै के हुन्छ तपाईंलाई ?
डेथओभरमा म आफ्नो ‘प्लान चेन्ज’ गर्छु । मेरो विषेश क्षमता के छ, त्यसमा बढी फोकस हुन्छु । पारस दाईले पनि सपोर्ट गर्नुहुन्छ । आफ्नो शैलीमा बल फाल भन्नुहुन्छ । मलाई खुलेर खेल्ने वातावरण मिल्छ ।

 

Post Add 1025X115
Loading...