न्यूजिल्याण्ड टस जितेर पहिले ब्याटिङमा

0

आइसीसी एकदिवसिय विश्वकपमा उपाधिका लागि यतिबेला इंग्ल्याण्ड र न्यूजिल्याण्ड विच प्रतिस्पर्धा भइरहेको छ ।

इंग्ल्याण्डको लर्डसमा जारी खेलमा न्यूजिल्याण्डले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ । सेमिफाइनलमा भारतलाई हराएको न्यूजिल्याण्ड लगातार दोस्रो पटक फाइनलमा पुगेको हो । यता इंग्ल्याण्डले अष्ट्रेलियालाई पराजित गरेको थियो ।

अघिल्लो संस्करणमा पहिलो चरणबाटै लज्जास्पद पराजय ब्यहोरेर बाहिरिएको इंग्ल्यान्डले त्यसलगत्तै भएको ५ एकदिवशीय सिरिजमा न्युजिल्याण्डलाई ३–२ ले पराजित गरेको थियो ।

यसअघि तीन पटकसम्म फाइनलमा पुगेर जित्न नसकेको उपाधि सपना यसपल्ट इंग्लिस खेलाडीहरु साकार पार्न चाहन्छन् । इंग्ल्याण्ड सन् १९७९, १९८७ र १९९२ को विश्वकपको उपविजेता हो ।

इयोन मोर्गन नेतृत्वको इंग्ल्यान्डका लागि ज्यासन रोयको पुनरागमन निकै नै प्रभावकारी देखिएको छ । लिग चरणमा श्रीलंका र अष्ट्रेलियासँगको लगातार हारपछि समस्यामा परेको इंग्ल्यान्ड त्यसबाट माथि उठेर सेमिफाइनलमा पुगेको हो ।

जोनी बेरिस्टो, रोय र जोय रुट इंग्ल्याण्डका शीर्ष ३ ब्याट्सम्यान हुन् र उनीहरुले अहिलेसम्म यस विश्वकपमा १ हजार ४७१ रन जोडेका छन् ।

Post Add 1025X115
Loading...