मलेसियाका दुवै ओपनर आउट, अविनाश र सोमपालले लिए विकेट

0

नेप्लेज, २९ असार । ट्वान्टी २० अन्तर्राष्ट्रि शृंखलाअन्तर्गत दोस्रो तथा अन्तिम खेलमा अहिले नेपाल र मलेसियाबीच प्रतिस्पर्धा भइरहेको छ ।

१७४ रनको विजय लक्ष्य पछ््याएको मलेसियाले सानदार सुरुआत गरेको थियो । ओपनर सइद अजिज र वीरनदीप सिंहले ७५ रनको सुरुआती साझेदारी गरेका छन् ।

दशौं ओभरको दोस्रो बलमा अभिनाश बोहोराले २३ बलमा २३ रन बनाएर खेलिरहेका सिंहलाई विकेटकिपर विनोद भण्डारीबाट स्टम्पिङ आउट गराए ।

त्यही ओभरको अन्तिम बलमा अर्का ओपनर सइद अजिजले ३६ बलमा अर्धशतक पूरा गरे । तर, अर्को ओभरको पहिलो बलमा उनी आउट भए । सोमपाल कामीको बलमा ललित नारायण राजवंशीले उनलाई क्याचआउट गरेका हुुन् ।

Post Add 1025X115
Loading...