नेपाललाई पाँचाै झड्का, शरद २८ बलमा ४० रन बनाएर आउट

0

मलेसियाविरुद्ध दाेस्राे टी-२० मा नेपालले पाँचाै‌ं विकेट गुमाएकाे छ । पाँचाैं  विकेटकाे रुपमा आक्रामक सट खेलिरहेका शरद भेषावकर आउट भएका हुन्  ।

टस जितेर पहिला ब्याटिङ राेजेकाे नेपालका लागि कप्तान पारस खड्का र पवन शर्राफले ओपनिङ गरेका थिए । ४.५ ओभरमा नेपालकाे ३४ रन भएका बेला पवन रन आउट हुन पुगे । पवन व्यक्तिगत १० रन बनाएर आउट भएका हुन् ।

त्यसपछि क्रिजमा आएका ज्ञानेन्द्र मल्लले ३ बल खेल्दै ७ रन बनाएर पेभेलियन फर्किए । मल्ल ५.२ ओभरमा टिमकाे स्काेर ४२ हुँदा आउट भएका थिए ।

साेही ओभरकाे तेस्राे बलमा कप्तान पारस खड्का पनि आउट भए । पारसले २९ बलमा २३ रन बनाए । पहिलाे खेलमा विस्फाेटक ब्याटिङ गरेका पारस आज भने लामाे पारि खेल्न असफल रहे ।

त्यसपछि क्रिजमा आएका राेहित पाैडेल र सरद भेषावकरले नेपालकाे स्काेर १२‍.५ ओभरमा ८८ रन बनाएका बेला राेहित चाैथाे विकेटकाे रुपमा आउट भए । राेहितले १९ रनकाे याेगदान गरे ।

पाँचाैं विकेटकाे रुपमा शरद भेषावकर आउट भए । उनी २८ बलमा ४० रन बनाएर आउट भएका हुन् ।

अहिले क्रिजमा  करण केसी र विनाेद भण्डारी छन् ।

Post Add 1025X115
Loading...