मलेसिया भर्सेस नेपाल अपडेट: सन्दिप लामिछानेले लिए मलेसियाको दोस्रो विकेट

0

दुई वटा टि–२० खेलको सिरिज अन्तगर्त आज भइरहेको पहिलो खेलमा मलेसियाले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ ।
मलेसियाको क्वालालम्पुर स्थित किनरारा ओभल मैदानमा जारी खेलमा नेपालले दुई विकेट हात पारेकाे छ ।

सोपमालले पहिलो ओभरको पाँचौं बलमा सइद अजिजलाई आउट पार्दै पहिलो सफलता दिलाए । उनले रनको खाता नै खोल्न पाएनन् । त्यसपछि मलेसियाले आक्रामक रन बनाइरहेको अवस्थामा सन्दिप लामिछानेले फित्री सहमलाई पवेलियनको बाटो देखाए । सन्दिपले सातौं ओभरको पहिलो बलमा विकेट लिएका थिए । सहमले १२ रन बनाएका थिए । दोस्रो विकेट जाँदा मलेसियाले ४३ रन बनाएको छ ।

यो पनि पढ्नुहोस्: टि-२० मा मलेसियाविरुद्ध नेपाल उत्रिँदै गर्दा इतिहास पनि हेर्ने की ?

पहिलो टि–२०ः मलेसियाले टस जितेर पहिला ब्याटिङ गर्ने, नेपालको प्लेइङ ११ यस्तो छ

Post Add 1025X115
Loading...