टि-२० मा मलेसियाविरुद्ध नेपाल उत्रिँदै गर्दा इतिहास पनि हेर्ने की ?

0

मलेसिया विरुद्धको टि–२० सिरिज अन्तर्गत पहिलो खेल आज हुँदैछ । सिंगापुरमा हुने आईसीसी टि–२० विश्वकप छनोटको तयारीका क्रममा नेपालले मलेसियासँग दुईवटा टि–२० म्याच खेल्दैछ ।

नेपालले एसटिसी मैदानमा पारस टिम र ज्ञानेन्द्र टिम बनाएर अभ्यास म्याच पनि खेलेको थियो । टि–२० खेल किनरारा ओभल मैदानमा हुनेछ ।

पारस खड्काको कप्तानीमा रहेको नेपाली टिमको अर्को लक्ष्य टी २० विश्वकपको एशिया छनोटमा च्याम्पियन बन्ने रहेको छ । जसका लागि नेपाली टिमले सिंगापुरको हावपानीसँग घुलमिल हुने मलेसियामा क्याम्प राखेको हो । यहाँ दुई वटा खेलका साथै केहि दिन अभ्यास गरेर टिम सिंगापुर जानेछ ।

मलेसिया र सिंगापुरको मौसम एकनासको भएकाले पनि आइसीसीले नेपाललाई मलेसियामा क्याम्पका लागि स्विकृती दिएको हो । नेपालले एशिया छनोटको पहिलो खेलमा कतारसँग खेल्नेछ । यो प्रतियोगिताको विजेताले युएईमा हुने ग्लोबल छनोटमा स्थान बनाउनेछ ।

हेड टू हेड

यसअघि मलेसिया र नेपालवीच चारवटा टि–२० म्याच भएको छ । जसमा तीन खेल नेपालले जितेको छ भने एउटामा पराजय भोगेको छ । सन् २००७ मा भएको एसीसी टि–२० कपमा नेपाल २१ रनले विजयी भएको थियो । सन् २००९ मा युएईमा भएको एसीसी टि–२० कपमा मलेसिया ६ विकेटले विजयी भएको थियो । २०१३ मा नेपालमा भएको एसीसी टि–२० कपमा नेपाल १९ रनले विजयी भएको थियो । सन् २०१८ मा भएको टि-२० छनोटकाे पहिलो चरणमा पनि नेपाल ८ विकेटले विजयी भएको थियो ।

Post Add 1025X115
Loading...