अब्बल बन्दै अनन्त, प्रशिक्षणमा पसिना बगाउँदै (भिडियो)

0

नेपाली राष्ट्रिय टिमको पछिल्लो जेनेरेसनको सेन्ट्रल डिफेन्सको जिम्मेवारी अनन्त तामाङको काँधमा छ । कलिलै उमेर राष्ट्रिय टिमको डिफेन्सको जिम्मा पाएका अनन्तले आफ्नो जिम्मेवारी कुशलतापूर्व निभाउँदै पनि आएका छन् ।

एन्फा एकेडेमीका उत्पादन अनन्तले एएफसी यू–१६ देखि सिनियर टिमसम्मको यात्रा तय गर्दा कहिले पनि पछाडी फर्केर हेर्नु परेको छैन ।

भारतलाई हराएर यू–१९ साफ च्याम्पियनसिपको उपाधि जिताउँदा उनको भुमिका महत्वपूर्ण थियो । मोफलसलका प्रतियागिताहरुमा थ्रीस्टार क्लबबाट खेलेपनि अनन्तले शहिद स्मारक ए डिभिजन लिग भने खेल्न पाएका छैनन् । अनन्तले स्पेनको मार्वेला एफसीमा ट्रायल पनि दिएका थिए ।

अनन्तको कडा मेहनत हेरौं भिडियोमा

Post Add 1025X115
Loading...