विम्बल्डनको फाइनलमा पुगेपछि जोकोभिचले भने नाडल भर्सेस फेडेरर भिडन्त अवस्य हेर्छु

0

डिफेन्डिङ च्याम्पियन नोभाक जोकोभिच विम्बल्डनको फाइनलमा पुगेका छन् । स्पेनका रोबर्टो बाउटिस्टा अग्टलाई ३–१ को सेटमा हराउँदै जोकोभिच उपाधि नजिक पुगे ।

२५औं ग्राण्डस्लाम फाइनल पुग्नका लागि जोकोभिचले उत्कृष्ट प्रदर्शन गरे । पहिलो सेटमा ६–२ को जित निकालेका जोकोभिचले दोस्रो सेट भने ४–६ ले गुमाए । तेस्रो सेटमा ६–३ को जित हात पारेका शीर्ष वरियताका सर्वियन खेलाडी जोकोभिचले चौथो सेटमा ६–२ को सहज जित निकाले ।

जितपछि जोकोभिचले भने,‘बाल्यकालदेखि नै विम्बल्डन मेरो लागि सपनाको प्रतियोगिता रहँदै आएको छ ।’ जोकोभिचले यसअघि चार पटक विम्बल्डनको उपाधि जितिसकेका छन् ।

उपाधिका लागि जोकोभिचले रोजर फेडेरर र राफेल नाडलवीचको विजेतासँग प्रतिष्पर्धा गर्नेछन् । जोकोभिच र नाडलवीचको फाइनल हर्नुहुन्छ भन्ने प्रश्नको जवाफमा जोकोभिचले भने, ‘पक्कै पनि हेर्नेछु । मेरो प्रशिक्षकले पूरै खेल हर्नु हुनेछ, म भने केही अंशमात्र हेर्न भ्याउँछु ।’

‘म त्यो म्याचको फ्यान हुँ । फेडेरर भर्सेस नाडलको प्रतिष्पर्धा सर्वकालिन उत्कृष्ट रहँदै आएको छ ।’

Post Add 1025X115
Loading...