ललित स्मृति यू-१८ च्याम्पियनसिपको क्वाटरफाइनल समिकरण पुरा,फाइनल साउन ५मा

0

चौथो संस्करणको ललित स्मृति यू-१८ च्याम्पियनसिपको क्वाटरफाइनल समिकरण पुरा भएकाे छ।  अब नकआउट चरणको खेलहरु आइतबारदेखि सुरु हुने भएको छ।

आयोजक अखिल नेपाल फुटबल संघ एन्फाले शुक्रवार क्वाटरफाइनल, सेमिफाइनल र फाइनल खेल हुने मिति समेत सार्वजनिक गरेको छ।

सहभागि १४ टोलीलाई एन्फाले तीन समूहमा विभाजन गरेर प्रतियोगिता खेलाएको थियो। समूह चरणको खेलपछि तीनवटै समूहको विजेता र उपविजेता अनी तेस्रो हुने तीन टाेलीमध्ये उत्कृष्ट दुई  क्वाटरफाइनल पुगेका हुन्।

समूह ‘ए’बाट हिमालयन शेर्पा क्लब विजेता र मच्छिन्द्र क्लब उपविजेता, समूह ‘बी’बाट त्रिभुवन आर्मी क्लब विजेता र नेपाल एपीएफ क्लब उपविजेता र  समूह सी बाट ब्रिगेड ब्वाइज क्लब विजेता र नेपाल पुलिस क्लब उपविजेताका रुपमा क्वाटरफाइनल पुगेको हुन।

त्यस्तै तेस्राे हुने तीन मध्ये  दुई उत्कृष्ट टोलीका रुपमा समूह बी बाट मनाङ मर्स्याङ्दी क्लब र समूह सी बाट जावलाखेल क्लब क्वाटरफाइनलमा पुगेका हुन्।

क्वाटरफाइनलअन्तर्गत पहिलो खेल आइतबार हिमालयन शेर्पा र मनाङ मर्स्याङ्दीबीच हुनेछ। यस्तै आइतवारै ब्रिगेड ब्वाइज र एपीएफबीच पनि खेल हुनेछ।

सोमबार त्रिभुवन आर्मी र जावलाखेल तथा नेपाल पुलिस र मछिन्द्रबीच क्वाटरफाइनल खेल हुनेछ।

त्यसपछि दुई दिन रेस्ट हुनेछ र साउनको २ गते दुवै सेमिफाइनल खेल हुनेछ। फाइनल खेल साउन ५ गते हुनेछ।

एन्फाका पुर्व उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा एन्फाले आयोजना गरेको यस प्रतियोगिताको विजेताले ३ लाख प्राप्त गर्नेछ भने उपविजेताले १ लाख ५० हजार हात पार्नेछन्।

Post Add 1025X115
Loading...