बार्सिलाेनामा जापानी खेलाडी एब अनुबन्धित

0

जपानका राइजिङ स्टार हिरोकि एबलाई बार्सिलोनाले अनुबन्धित गरेको छ। उनी खेलिरहेकाे क्लब कासिमा एन्टलर्सले एबलाई बेच्न तयार भएको थियाे।

बीस वर्षे एबको मेडिकल चेकिङ सुरु भैसकेको छ । दुबै टोलिको सहमति पश्चात उनको प्रकृया सुरु भएको छ । एबलाई भित्र्याउन बार्साले २ मिलियन पाउन्ड खर्च गरेकाे छ । टिममा रकिका नामले परिचित एबले सञ्चारकर्मीसँग बोल्दै भने ‘टिमलाई छाडन मेरोलागि निकै दबाबपूर्ण निर्णय थियो, बार्सिलोनामा नयाँ चुनौति लिन म तयार छु , म खेल्दै जादाँ धेरै दबाब सिर्जना होलान तर म सहन तयार छु।’

एब बार्साको ग्रुप बि मा पर्न सक्नेछन तर उनलाई भाल्भार्डेले सर्बाेत्कृष्ट टोलिमा राख्न पनि सक्दछन । एएफसी च्याम्पियन तथा जापनको राष्ट्रिय टिमबाट  खेलिसकेका एबले कोपा अमेरिकापनि खेलेका छन।

Post Add 1025X115
Loading...