अफगानिस्तानका लेग स्पिनर राशिद खान कप्तानमा नियुक्त

0

विश्वकपको डेब्यु प्रतियोगितामा एक खेलपनि नजिती बाहिरीएपछि अफगानिस्तान क्रिकेट बोर्डले फेरी टिमको कप्तान परिवर्तन गरेको छ ।

विश्वकप अगाडी नियमित कप्तानलाई हटाएर नयाँ कप्तान घोषणा गरेको बोर्डले विश्वकपमा खराव प्रदर्शनका कारण रासिद खानलाई सबै फरम्याटको कप्तानको जिम्मेवारी दिएको छ । रासिदले दोस्रो पटक अफगानिस्तान टिमको कप्तानी गर्ने भएका छन । यसअघि उनले टी २० विश्वकपमा टिमको कप्तानी गरेका थिए ।

जारी एकदिवसीय विश्वकप क्रिकेटमा अफगानिस्तानले खराब प्रदर्शन गरेको भन्दै गुल्बदीन नाइबलाई हटाएर राशिदलाई कप्तानमा नियुक्त गरिएको हो ।

अब उनले तीन आटै फम्र्याटमा कप्तानको भूमिका निर्वाह गर्ने छन् । यस्तै उप–कप्तानको जिम्मेवारी पूर्वकप्तान अश्गर अफगानलाई दिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

Post Add 1025X115
Loading...