ग्रिजमन बार्सिलोनामा अनुबन्ध, नेइमारको संभावना समाप्त

0

स्पेनीस क्लव बार्सिलोनाले स्टार खेलाडी एन्टोइन ग्रिजमनलाई अनुबन्ध गरेको छ । एट्लेटिको मड्रिबाट बार्साले उनलाई एक सय आठ मिलियन पाउण्डमा अनुबन्ध गरेको हो ।

पछिल्लो दुई सिजन देखि क्लबमा भित्र्याउने तरखर गरेपनि सफल नभएको बार्सिलोनाले अन्ततः ग्रिजमनलाई महंगो रकममा अनुबन्ध गरेको हो । हाल स्पेनको इबिजामा छुट्टि मनाइरहेका उनले बार्सिलोनासँग पाँच बर्षको सम्झौता गरेको बताइएको छ । जसमा उनले सात सय १७ मिलियन पाउण्ड रकम पाउनेछन ।

२८ बर्षे ग्रिजमनले अब विश्वका उत्कृष्ट खेलाडीको जमघट रहेको बार्सिलोनामा लियोनल मेस्सी र लुइस स्वारेजसँग आफ्नो क्षमता देखाउनुपर्नेछ ।

नयाँ सिजनको सुरुवातमा एट्लेटिको मड्रिड छोड्ने इच्छा ब्यक्त गरेका उनलाई बार्सिलोनाले तुरुन्त अप्रोच गरेको थियो । गत सिजन पनि बार्सिलोनामा अनुबन्धका लागि निकै नजिक पुगेर अन्तिममा चुकेका उनलाई अनुबन्ध गर्न बार्सिलोनाले यो सिजन निकै कसरत गरेको थियो ।

ग्रिजमनलाई भित्र्याएपछि अब अर्का स्टार खेलाडी नेइमार क्याम्प नोउ फर्किने संभावना समाप्त भएको छ । ब्राजिलियन खेलाडी नेइमार पछिल्लो पटक बार्सिलोना फर्कने भन्दै निकै चर्चा भएको थियो ।

Post Add 1025X115
Loading...