इंग्ल्याण्डका पूर्व स्ट्राइकर पिटर क्राउचले सन्यासको घोषणा

0

इंग्ल्याण्डका पूर्व स्ट्राइकर पिटर क्राउचले सन्यासको घोषणा गरेका छन् । ३८ वर्षे क्राउचले इंग्ल्याण्डका लागि ४२ खेल खेलेका थिए ।

गत जुनमा बर्नलेमा उनको सम्झौता सकिएपछि उनले ट्वीटरमार्फत सन्यासको घोषणा गरेका हुन् । खेलाडी करियरमा उनले ११ वटा क्लबबाट खेलेका थिए । उनले पोर्टसमाउथ, एस्टन भिल्ला, लिभरपुल, स्टोक, बर्नले, नोरिच सिटी, साउथह्याम्टन, टोटनह्याम र स्टोकमा ब्यावसायिक फुटबल खेलेका थिए ।

उनले प्रिमियर लिगमा ४६८ खेलमा १०८ गोल गरेका थिए । उनले लिभरपुलबाट २००५–०६ को सिजनमा एफए कपको उपाधि जितेका थिए भने २००७ को च्याम्पियन्स लिग फाइनल पनि खेलेका थिए ।

‘फुटबलले मलाई सबथोक दियो । मलाई यो स्थानसम्म पु¥याउने सबै प्रति आभारी छु,’ क्राउचले भने । उनले राम्रोसँग सोचेर यो निर्णय लिएको पनि बताए ।

६ फिट ७ इन्च अग्ला स्ट्राइकर क्राउचले इंग्ल्याण्डका लागि २२ गोल गरेका छन् ।

Post Add 1025X115
Loading...