फिफा वरियतामा नेपाली महिला फुटबल दुई स्थान माथि उक्लियो

0

अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले महिला फुटबलको वरियता सार्वजनिक गरेको छ । सार्वजनिक वरियताक्रम अनुशार नेपाल १०१औं स्थानमा उक्लिएको छ ।

फिफाले यसअघि सार्वजनिक गरेको वरियतामा नेपाल १०३औं स्थानमा थियो । यसअघिको वरियता क्रममा ११८१ अंक रहेको नेपालको १५ अंक बढेर ११९६ अंक पुगेको छ ।
वरियताक्रममा अमेरिका शीर्ष स्थानमा छ । दोस्रो स्थानमा जर्मनी, तेस्रोमा नेदरल्याण्ड, चौथोमा फ्रान्स र पाँचौंमा इंग्ल्याण्ड छन् ।

एसियामा भने नेपाल २१ औं स्थानमा छ । एसियामा अष्ट्रेलिया शीर्ष स्थानमा छ भने उत्तर कोरिया दोस्रोमा, जापान तेस्रोमा चीन चौथोमा र दक्षिण कोरिया पाँचौं स्थानमा छ ।
भारत समग्र वरियताको ५७औं स्थानमा छ भने एसियाको ११औं स्थानमा छ ।

दक्षिण एसियामा भारत शीर्ष स्थानमा रहँदा नेपाल दोस्रोमा, बंगलादेश तेस्रोमा, श्रीलंका चौथोमा र माल्दिभ्स पाँचौं स्थानमा छ ।

Post Add 1025X115
Loading...