मलेसिया विरुद्ध नेपाललाई प्रभाव कायमै राख्ने मौका ओपनिङमा परिवर्तन हुनसक्ने (भिडियो)

0

मलेसिया विरुद्धको टि–२० सिरिज अन्तर्गत पहिलो खेल भोली हुँदैछ ।  भाेली विहान पाैने आठ बजे किन्ननारा ओभल मैदानमा हुनेछ।

सिंगापुरमा हुने आईसीसी टि–२० विश्वकप छनोटको तयारीका क्रममा नेपालले मलेसियासँग दुईवटा टि–२० म्याच खेल्दैछ । जस अन्तर्गत पहिलो खेलका लागि नेपाली टिमले आफ्नो तयारी पूरा गरेको छ ।

नेपालले एसटिसी मैदानमा पारस टिम र ज्ञानेन्द्र टिम बनाएर अभ्यास म्याच पनि खेलेको थियो । यसअघि मलेसिया र नेपालवीच चारवटा टि–२० म्याच भएको छ । जसमा तीन खेल नेपालले जितेको छ भने एउटामा पराजय भोगेको छ ।

सन् २००७ मा भएको एसीसी टि–२० कपमा नेपाल २१ रनले विजयी भएको थियो । सन् २००९ मा युएईमा भएको एसीसी टि–२० कपमा मलेसिया ६ विकेटले विजयी भएको थियो भने २०१३ मा नेपालमा भएको एसीसी टि–२० कपमा नेपाल १९ रनले विजयी भएको थियो । २०१८ मा भएकाे विश्वकप  एसिया  रिजनल क्भवालिफायर अन्तर्गत भएकाे खेलमा नेपालले मलेसियालाई ८ विकेटले पराजित गरेकाे थियाे।

पारस खड्काको कप्तानीमा रहेको नेपाली टिमको अर्को लक्ष्य टी २० विश्वकपको एशिया छनोटमा च्याम्पियन बन्ने रहेको छ । जसका लागि नेपाली टिमले सिंगापुरको हावपानीसँग घुलमिल हुने मलेसियामा क्याम्प राखेको हो । यहाँ दुई वटा खेलका साथै केहि दिन अभ्यास गरेर टिम सिंगापुर जानेछ ।

मलेसिया र सिंगापुरको मौसम एकनासको भएकाले पनि आइसीसीले नेपाललाई मलेसियामा क्याम्पका लागि स्विकृती दिएको हो । नेपालले एशिया छनोटको पहिलो खेलमा कतारसँग खेल्नेछ । यो प्रतियोगिताको विजेताले युएईमा हुने ग्लोबल छनोटमा स्थान बनाउनेछ ।

नेपाली टिमका कप्तान पारस खड्काले भोलीको खेलमा बेष्ट ११ लाई उतार्ने बताए । यसका साथै उनले ओपनीङमा केहि परिक्षण गर्न सक्ने पनि बताएका छन ।

मलेसिया विरुद्धको खेल पनि अन्तराष्ट्रिय स्तरको सिरीज नै भएकाले हल्का रुपमा नलिने बताए । उनले नेपाली टिमको लक्ष्य मलेसियामा राम्रो तयारी गरेर विश्वकप छनोटको उपाधि जित्ने भएकाले मलेसिया विरुद्ध पनि राम्रो क्रिकेट खेल्नुपर्ने बताए ।

यस्तै प्रशिक्षक उमेश पटवालले मलेसिया टुर नेपालका लागि एउटा प्लस पोइन्ट भएको बताए । पटवालले हाम्रो जुन योजना छ त्यो अनुसार नै खेल्ने बताउँदै पहिलो खेलमा राम्रो प्रदर्शन गर्नेमा विश्वस्त रहेको धारणा राखे ।

मलेसिया विरुद्धको पहिलो खेलमा नेपालले ओपनिङमा केहि परिवर्तन गर्न सक्नेछ । विशेष गरि प्रदिप ऐरी वा पवन मध्ये एउटालाई यो खेलमा ओपनिङ गर्नकालागि मौका दिन सक्नेछ । यसका साथै अर्को अप्सनका रुपमा पारस खड्का र प्रदिप वा पवन र ज्ञानेन्द्र मल्लको जोडी उत्रने संभावना रहेको छ ।

 

नेपाल र मलेसिया विचको हेड टु हेड यस्तो

एसीसी टी २० कप २००७
नेपाल २१ रनले विजयी
नेपाल २० ओभर नौ विकेट १२१ रन
मलेसिया १८.५ ओभर १०० रनमा अलआउट

एसीसी टी २० कप २००९
मलेसिया ६ विकेटले विजयी
नेपाल २० ओभर ७ विकेट ११२ रन
मलेसिया १७.२ ओभर ४ विकेट ११३ रन

एसीसी टी-२० कप २०१३

नेपाल १९ रनले विजयी
नेपाल २० ओभर ८ विकेट १६३ रन
मलेसिया २० ओभर ९ विकेट १४४ रन

 

 

Post Add 1025X115
Loading...