धोनीलाई न्यूजिल्याण्ड टिममा समावेश गर्ने विलियमसनको ‘अफर’

0

महेन्द्र सिंह धोनीका प्रशंसक रहेका न्यूजिल्याण्डका कप्तान केन विलियमसनले आफ्नो टिममा राख्न सकिने बताएका छन् ।

विश्वकपमा न्यूजिल्याण्डसँग पराजित हुँदै भारत सेमिफाइनलबाटै बाहिरिएपछि धोनीको ब्यापक आलोचना हुँदै आएको छ । धोनीले भारतलाई सन् २०११ को विश्वकप जिताएका थिए । तर केन विलियमसनले भने धोनीलाई न्यूजिल्याण्ड टिममा राख्न सकिने बताएका छन् । ‘अहिले उनी न्यूजिल्याण्डबाट खेल्न सक्दैनन्,’ उनले हाँस्दै भने, ‘यदी उनी भारतको नागरिकता त्यागेर न्यूजिल्याण्ड आउँछन् भने उनलाई टिममा राख्न सकिन्छ ।’

न्यूजिल्याण्डसँग पराजित भएपछि करोडौं भारतीय समर्थकको सपना चकनाचुर भएको थियो । भारतीय समर्थकले के सोच्छन् भन्ने प्रश्नमा विलियमसनले भने,‘आशा छ त्यती धेरै रिसाउँदैनन् होला ।’ विलियमसनले भारतीय समर्थकको क्रिकेट प्रतिको लगावको प्रशंसा गरे ।

Post Add 1025X115
Loading...