नेयमारलाई अनुबन्ध गर्न रियल मड्रिड पनि इच्छुक

0

 

स्पेनिस क्लब रियल मड्रिडले पीएसजीका फरवार्ड नेयमार अनुबन्ध गर्न चासो देखाएको छ ।

आफ्नो पूर्व खेलाडी नेयमारलाई अनुबन्ध गर्नका लागि बार्सिलोनाले पनि पहल गरिरहेको छ ।अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार नेयमारको लागि बार्सालाई रियलले चुनौति दिन सक्नेछ । नेयमार दुई बर्षअघिमात्र बिश्वकै सर्बाधिक मुल्यमा बार्सिलोनाबाट पीएसजीमा अनुबन्धित भएका थिए । उनी सर्वाधिक २२२ मिलियन पाउन्डमा पीएसजी गएका थिए । उनले बारम्बार घाइते  हुँदा पनि गत सिजनमा १५ गोल तथा ७ एसिस्ट गरेका थिए ।

पीएसजीका अध्यक्षले क्लबमा सेलिब्रेटी ब्यवहार गर्ने खेलाडी धेरै रहन नसक्ने बताइसकेका छन र भन्छन् ‘म क्लबको जर्सि लगाइसकेपछि क्लबको लागि जे पनि दिनसक्ने खेलाडि चहान्छु। जो यसो गर्न सक्दैनन र बुझदैनन, उनीहरुलाई अरु क्लबसँग सम्झौता गर्न उचित ठान्छु म। ’

नेयमारले केहि समयअघि बार्सा फर्कने संकेत गरेका थिए । पीएसजीका स्पोर्ट डाइरेक्टर लियोनार्दोका अनुसार आफु बार्सिलोनाले नेयमारलाई अनुबन्धित गर्ने रकम देखेर तर्सिएको टिप्पनि गरेका थिए । स्काई स्पोर्टसका अनुसार रियल मड्रिड बार्सिलोनाले ल्याउन खोजिरहेको ब्राजिलियन खेलाडि नेयमारमाथि रुचि देखाएको छ ।

Post Add 1025X115
Loading...