तौल, फिटनेस र टिममा बढ्दो प्रतिस्पर्धाको चुनौती स्वीकार्दै बसन्त रेग्मी (भिडियो)

0

नेपाली क्रिकेटका संकटमोचकको परिचय पाएका बसन्त रेग्मी आफ्नो फिटनेसलाई लिएर यतिबेला निकै मेहेनत गरिरहेका छन । उमेर समुह देखि सिनियर टिमसम्म नेपालको हरेक जितमा महत्वपुर्ण भूमीका खेल्दै आएका बसन्त पछिल्लो पटक फिटनेसका कारण केहि आलोचित बनेका थिए । जसका कारण उनको प्रदर्शन पनि केहि खस्कदो अवस्थामा थियो ।

नेपालले युएई विरुद्धको एकदिवसिय र टी २० सिरिज जित्दा बसन्त दुई खेलमा टिम बाहिर रहेका थिए । टिमका नियमित सदस्य रहँदै आएका बसन्तले आफ्नो फिटनेसलाई सिरियस रुपमा लिदै यतिबेला कडा मेहेनत गरिरहेका छन । चाहे त्यो टिमले जिम गर्दा होस र फिल्डिङ प्रशिक्षणमा ।

बलिङका साथै बसन्त यतिबेला आफ्ना तौल घटाउन निकै मेहेनत गरिरहेका छन । जसका फल उनले पाएका पछि छन । नयाँ प्रशिक्षक आउनु र टिममा बढ्दो प्रतिस्पर्धाका कारण पनि बसन्तले आफुलाई फिट राख्नुको विकल्प नभएको सोचेका छन ।

क्याम्प सुरु भएपछि आफ्नो तौल घटाउनुपर्छ भन्ने सोचेर उनले त्यसमा ध्यान दिएका छन । जसमा उनी केहि सफल पनि भएका छन । उनको शारिरीक रुपमा त्यसको फरक पनि देखिएको छ ।

नेपालमा हुँदा होस या मलेसिया पुगेपछि उनी फिटनेसका लागि अतिरीक्त मेहेनत गरेको देखियो ।

हेरौ खेलपछि पनि बसन्तको मेहेनत

Post Add 1025X115
Loading...