ब्यस्तता बढ्दै सोमपालको, तीन सातामा ३ प्रतियोगिता (भिडियो)

0

नेपाली राष्ट्रिय क्रिकेट टिममा एकपछि अर्को प्रतियोगिताका कारण निकै ब्यस्त रहेका एकमात्र खेलाडी सन्दिप लामिछानेको पथमा अब सोमपाल कामी पनि अगाडी बढेका छन । क्यानडामा हुने ग्लोबल टी २० क्रिकेट लिगमा छनोट भएपनि सोमपालले तीन सातामा तीन वटा प्रतियोगितामा ब्यस्त हुनेछन । राष्ट्रिय टिमका मुख्य बलर सोमपाल ग्लोबल टी २० मा छनोट भएपछि आफ्नो मेहेनतलाई दोब्बरमात्र गरेका छैनन, उनीमा आत्मविश्वास र हौसला पनि थपिएको छ ।

हरौ सोमपालको बलिङ, ब्याटिङ र क्याचहरु

 

सोमपालले यहि साता मलेसियामा टी २० सिरीज खेल्नेछन । त्यसको अर्को साता नेपालले खेल्ने टी २० विश्वकपको एशिया क्षेत्री छनोट खेल्नेछन । त्यो प्रतियोगिता खेलेको अर्को दिन नै उनी क्यानडा उड्नेछन । उनीसँगै सन्दिपपनि क्यानडाका लागि प्रस्थान गर्नेछन ।

लगातार एकपछि अर्को प्रतियोगिता खेल्नुपर्ने भएकाले सोमपाल यतिबेला आफुलाई चुस्त राख्न सबै पक्षमा निकै मेहेनत गरिरहेका छन । मुख्य रुपमा बलर भएपनि उनी ब्याटिङमा पनि राम्रो प्रदर्शन गर्न सक्छन । त्यसलाई अझ राम्रो गर्न क्याम्पमा बलिङका साथै ब्याटिङमा पनि जोड दिइरहेका छन ।

क्यानडाको लिगमा उनले सुरुवाती तीन खेल गुमाउने भएपछि त्यसपछिका बाँकि खेल खेल्नेछन । तर त्यसका लागि उनले टिममा स्थान बनाउन पाउने छन की छैनन् त्यो भने कौतुहलको विषय छ ।

ग्लोबल टी २० मा छनोट भएपछि सोमपालले आत्मविश्वास बढ्नुका साथै के होला कस्तो होला भन्ने जिज्ञासा समेत मनमा खेल्न थालेको बताएका थिए । विनिङ हंक्सबाट खेल्ने सोमपालका लागि यो प्रतियोगिता अन्तराष्ट्रिय फ्रेन्चाइजी लिगमा टर्निङ पोइन्ट बन्न सक्छ ।

 

Post Add 1025X115
Loading...