पत्याउनुस् ! यसरी बन्यो एउटै बलमा २८६ रन !!

0

क्रिकेटको रोमाञ्चकता भनेको रन नै हो । जसले जति धेरै रन बनाउन सक्यो उसको जित हुन्छ । तपाईलाई कसैले १ बलमा कति रन बन्छ ? भन्यो भने तपाईले के उत्तर दिनुहुन्छ । बढीमा ७ रन होइन त ।

१, २, ३, ४, ५, ६ र ७ रन सम्म बन्छ भन्ने सहज उत्तर पनि हो । छक्का प्रहार गर्दा यदि त्यो ‘नो बल’ थियो भने बढीमा सात रन हुन्छ । पख्नुस क्रिकेटमा १ बलमा २८६ रन बनेको इतिहास छ ।

यो कुरा तपाईलाई विश्वास नलाग्ला । क्रिकेट अनिश्चित गेम पनि हो । यसमा कति बेला के हुन्छ कसैलाई थाहा हुँदैन । जनवरी १८९४ को जनवरीमा लण्डनबाट प्रकाशित भएको पल मल ग्योजेटमा यो रेकर्डबारे उल्लेख गरिएको छ ।

१८६५ मा अस्ट्रेलियाको घरेलु क्रिकेटमा भिक्टोरिया र स्क्रेच ११ बीचको खेलमा यो रेकर्ड बनेको थियो । उक्त खेलमा भिक्टोरियाका ब्याट्सम्यानले प्रहार गरेको बल रुखमा गएर अड्कियो । त्यसपछि ब्याट्सम्यानले लगातार क्रिजमा रन बनाउँदै गए । बल रुखमा हुँदासम्म ब्याट्सम्यानले रन बनाउन दौडिरहे ।

बल फिल्डरको हातमा आउँदासम्म ब्याट्सम्यानले २८६ रन बनाइसकको थिए । त्यतिबेला दौडेर यति रनसम्म बनाउने भन्ने कुनै नियम थिएन । त्यतिबेला स्क्रेच ११ का फिल्डरहरुले रन बनाउन रोक्नका लागि एम्पाएरसँग आग्रह पनि गरेका थिए । तर एम्पाएर उनीहरुलाई रन बनाउन रोक लगाएनन बरु बल निकाल्नका लागि रुख नै काट्न आग्रह दिए ।

रुख तत्कालै काट्न नसकिने भएपछि बन्दूकले गोली हानेर बल भुँइमा झारिएको थियो । २८६ रन बनाउँदा २ जना ब्याट्सम्यानले करिब ६ किलोमिटर दौड पुरा गरेका थिए । त्यतिबेला रनको लिमिट नभएकाले यस्तो भए पनि अहिले भने यस्तो गर्न पाइदैन । अहिले बढीमा तीन रनमात्रै दौड्न पाइन्छ ।

Post Add 1025X115
Loading...