कोहली भन्छन्- विश्वकपमा पनि आईपीएलको जस्तै प्लेअफ हुनुपर्छ

0

आईसीसी विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा न्यूजिल्याण्डसँग १८ रनले पराजित भएसँगै भारतको विश्वकप यात्रा समाप्त भयो । उत्कृष्ट लयमा रहँदै शीर्ष स्थानका साथ सेमिफाइनलमा पुगेको भारत चौथो स्थानको न्यूजिल्याण्डसँग स्तव्ध हुँदै घर फर्कियो ।

विश्वकपबाट भारतीय टिम आउट भएपछि कप्तान विराट कोहलीले विश्वकपमा पनि आईपीएलको जस्तो प्लेअफको व्यवस्था हुनुपर्नेमा जोड दिएका छन् । तर उनले जारी विश्वकपमो सेमिफाइनल फम्र्याट पनि गलत नभएको भन्दै बचाउ पनि गरे । उनले आईपीएलमा शीर्ष स्थान हात पार्नेले फाइनल पुग्ने मौका दुई पटक पाउने भएकाले यस्तै व्यवस्था हुनुपर्नेमा जोड दिएका हुन् । भारत यो विश्वकपमा ९ मध्ये ७ खेलमा जित १ खेलमा हार र एक बराबरी हुँदै शीर्ष स्थानका साथ सेमिफाइनलमा पुगेको थियो ।

कोहलीले भने, ‘आईपीएलको जस्तै प्लेअफ फरम्याट लागू गर्दा राम्रो हुने थियो । कसलाई के थाहा आउँदो संस्करणमा यो लागू हुन पनि सक्छ ।’ उनले अगाडि थपे यदि विश्वकपको समूह चरणमा शीर्ष स्थानमा रहनुको कुनै अर्थ हुन्छ भने प्लेअफको व्यवस्था गर्नुपर्छ ।

Post Add 1025X115
Loading...