विम्बल्डनको उपाधिका लागि सेरेना र सिमोना भिड्ने

0

वर्षको तेस्रो ग्राण्डस्लाम विम्बल्डनको महिला सिंगल्स तर्फको उपाधिका लागि सातौं वरियताकी सिमोना हलेप र एघारौं वरियताकी सेरेना विलियम्स भिड्ने भएका छन् ।

रोमानियाकी सिमोना हलेपले युक्रेनकी एलिना भिटोलिनालाई २–० को साझो सेटमा हराइन् । करियरको दोस्रो ग्राण्डस्लाम जित्ने लक्ष्यमा रहेकी हलेपले भिटोलिनाविरुद्ध ६–१ र ६–३ को सहज जित निकालिन् । भिटोलिनालाई एक घण्टा १३ मिनेटमा हराउँदै हलेप पहिलो पटक विम्बल्डनको फाइनलमा पुगेकी हुन् । ‘यो मेरो जिवनकै उत्कृष्ट क्षणमध्येको एक हो,’ जितपछि हलेपले भनिन् ।

यसअघि हलेप सन् २०१४ मा विम्बल्डनको सेमिफाइनलमा पुगेकी थिइन् ।

उपाधिका लागि हलेपले अमेरिकी खेलाडी सेरेना विलियम्ससँग प्रतिष्पर्धा गर्नेछिन् । २३ पटककी ग्राण्डस्लाम च्याम्पियन सेरेनाले चेक गणतन्त्रकी बारबोरा स्ट्रिकोभालाई ६–१ र ६–२ को सहज सेटमा पाखा लगाइन् । ३७ वर्षे सेरेनाले स्ट्रिकोभालाई हराउन जम्मा ५९ मिनेट खर्चिएकी थिइन् ।

सेरेना आठौं विम्बल्डन उपाधिको खोजीमा छिन् । यसअघि उनले २००२, २००३, २००९, २०१०, २०१२, २०१५ र २०१६ मा उपाधि जितेकी थिइन् ।

Post Add 1025X115
Loading...