मिचेल स्टार्कले बनाए एउटै विश्वकपमा सर्वाधिक विकेट लिने रेकर्ड

0

अष्ट्रेलियन क्रिकेटर मिचेल स्टार्क एउटै विश्वकपमा सर्वाधिक विकेट लिने खेलाडी बनेका छन् । उनले २००७ मा आफ्नै देशका ग्लेन म्याग्राथले बनाएको २६ विकेटको कीर्तिमान भंग गरेका हुन् ।

सेमिफाइनलमा इंग्ल्याण्डविरुद्ध बलिङ गर्दै अस्ट्रेलियाको १७.२ ओभरमा स्टार्कले जोनी बेरिस्टोलाई आउट गर्दै विकेट संख्या २७ पुरा गरेका हुन् । उनले ३४ रन बनाएर खेलिरहेका वेरिस्टोलाई एलबीडव्ल्यू आउट गरे ।

दक्षिण अफ्रिका विरुद्धको लिगको अन्तिम खेलमा दुई विकेट लगेपछि स्टार्कले ग्लेनको एक विश्वकपमा धेरै विकेट लिने कीर्तिमान बराबरी गरेका थिए । म्याग्राथले २००७ मा वेष्ट इन्डिजमा भएको विश्वकपमा २६ विकेट लिएका थिए । जुन रेकर्ड १२ बर्षपछि स्टार्कले बराबरी गर्न सफल भएका थिए ।

नौ खेलमा स्टार्कले कुल चार सय ३२ रन खर्चिदै उनले विकेटसंख्या २६ पु¥याएका थिए । जसमा उनले दुई पटक पाँच विकेट हल र दुई पटक चार विकेट लिन सफल भएका थिए । उनको कीर्तिमानलाई उनकै देशका खेलाडीले भंग गर्ने भएका हुन । स्टार्कले यो विश्वकपमा उत्कृष्ट बलिङ २६ रनमा ५ विकेट रहेको थियो । जुन उनले न्यूजिल्याण्डविरुद्ध सफलत हात पारेका थिए ।

Post Add 1025X115
Loading...