इ‌ंग्ल्याण्डलाई अस्ट्रेलियाले दियाे २२४ रनकाे लक्ष्य

0

आईसीसी विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा अस्ट्रेलियाले इंग्ल्याण्डलाई २२४ रनको लक्ष्य दिएको छ । अस्ट्रेलिया ४९ ओभरमा अलआउट हुँदैं २२३ रन बनयाे ।  तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका स्टेभन स्मिथले ८५ रन नाएपछि अस्ट्रेलियाले इंग्ल्याण्डलाई मध्यम लक्ष्य दिएको हो ।

टस जितेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले खराब शुरुआत गरेको थियो । १४ रन जोड्दा तीन विकेट गुमाएको अस्ट्रेलियाले पछि भने सम्हालिने प्रयास गरेको थियो । उसका लागि स्टेभन स्मिथ र एलेक्स केरीले १०३ रनको साझेदारी गरेका थिए । उनीहरुको साझेदारीले अस्ट्रेलियाले ११७ रन बनाएका थिए । आठौं विकेटका लागि स्मिथ र मिचल स्टार्कले अर्धशतकीय साझेदारी गरे ।

२७ औं ओभरमा अदिल रसिदकले २ विकेट लिएपछि अस्ट्रेलियाको इनिङ फेरि स्लो भएको थियो । रसिदको बलमा केरी ४६ रनमा आउट हुँदा मार्कस स्टोनिस खाता नै नखोली पेभेलियन फर्किए ।
त्यसपछि स्मिथ र म्याक्सवेलले ३९ रनको साझेदारी गरे । तर त्यो साझेदारी पनि लामो हुन सकेन् । म्याक्सवेल २२ रनमा आउट भए । उनलाई जोफ्रा आर्चरले आउट गरेका थिए ।

अस्ट्रेलियाका एरोन फिन्च खाता नै नखोली आउट हुँदा जारी विश्वकपमा उच्च लयमा रहेका डेभिड वार्नर पनि व्यक्तिगत ९ रनमा पेभेलियन फर्किए । आठौं बिकेटको रुपमा स्मिथलाई ८५ रनमा जोस बट्लरले रन आउट गरेका थिए । नवौं विकेटका रुपमा मिचेल स्र्टाक २९ रन बनाएर आउट भए ।

इंग्ल्याण्डका अदिल रसिद र क्रिस वोक्स्ले तीन तीन विकेट लिँदा जोफ्रा आर्चरले २ तथा मार्क उडले १ विकेट लिए । आजको विजेताले आइतबार न्यूजिल्याण्डसँग उपाधि भिडन्त गर्ने छ ।

Post Add 1025X115
Loading...