कप्तान कोसिन्लेद्वारा आर्सनलको अमेरिका भ्रमण अस्वीकार

0

आर्सनलका कप्तान लउरेन्ट कोसिन्लेले प्रिसिजनमा अमेरिका भ्रमण जानबाट अस्वीकार गरेका छन् । ३३ वर्षे डिफेन्डरको आर्सनलमा अब एक सिजनको सम्झौता बाँकी छ ।

उनलाई फ्रेन्च क्लब बोरडेउक्स, रेन र लियोनले सम्झौता गर्ने प्रयास गरिरहेका छन् । ‘लउरेन्टको यो क्रियाकलाप प्रति क्लब निराश छ,’ आर्सनलले भनेको छ । ‘यो समस्या समाधान हुने आशा छ, अहिलेलाई थप प्रतिक्रिया दिन चाहँदैनौं,’ आर्सनलले थप भनेको छ ।

बोरडेउक्सले आर्सनल डिफेन्डरलाई तीन वर्षको सम्झौताको प्रस्ताब गरेको बुझिएको छ । उनी सन् २०१० मा आर्सनलमा आबद्ध भएयता उनले ३५३ खेल खेल्दै दुई वटा एफए कप पनि जिताएका थिए । गत सिजन कोसिन्लेले सबै प्रतियोगितामा गरी कुल ३० खेल खेलेका थिए ।

Post Add 1025X115
Loading...