नेपालको ओपनिङ जोडीमा ‘अप्सन’, के मलेसियाविरुद्ध परीक्षण गर्ला ?

0

नेपाली राष्ट्रिय क्रिकेट टिमले मलेसिया पुगेको दोस्रो दिन सामान्य बलिङ अभ्यासका साथै आफै आफैबीच अभ्यास खेल खेलका छन् । मलेसिया विरुद्ध पहिलो टी–२० अगाडी टिमले मिलेर अभ्यास खेल खेलेको थियो । म्यान सिनारियोका रुपमा रहेको सो अभ्यास खेलमा नेपाली टिमका साथै ५ जना श्रीलंकन युवा खेलाडी समेत समावेश थिए । दुई टिम पुर्‍याउनका लागि नेपाली टिममा उनीहरुलाई समावेश गरिएको हो ।

अब नेपालले शनिबार मलेसिया विरुद्ध पहिलो खेल खेल्नेछ । त्यस अगाडी नेपाली टिमले शुक्रबार आराम गर्ने भएको छ । यसपटक नेपाली टिमले मलेसियासँगको दुई वटा खेलमा केही परीक्षण गर्ने भएको छ । विशेष गरि ओपनिङ जोडीमा दुबै खेलमा दुई वटा खेलाडीलाई उतार्ने तयारी नेपालले गरेको बुझिएकाे छ ।

टिममा ओपनिङ खेलाडीका रुपमा कप्तान पारस खड्कासँग ज्ञानेन्द्र मल्ल, प्रदिप ऐरी, पवन सराफ, विनोद भण्डारी रहेका छन । अब विश्वकपको एशिया छनोट अगाडी टिमको ओपनिङमा केहि फेरबदेल गरेर खेल्ने देखिएको छ ।

तुलनात्मक रुपमा नेपाल भन्दा कमजोर मानिएको मलेसिया विरुद्धको खेल नेपालका लागि राम्रो अभ्यासका रुपमा रहेको छ । विश्वकप छनोटको एशिया क्षेत्रमा पनि उपाधिको प्रबल दावेदार मानिएको नेपालले यो टुरबाट कमजोरीलाई कम गर्ने मौका पनि हुनेछ ।

यस्तै विकेट किपरमा पनि पछिल्लो पटक राम्रो फर्ममा रहेका प्रदिप ऐरीलाई मलेसिया विरुद्ध मौका दिने संभावना पनि रहेको छ । यता दिपेन्द्र ऐरीले मलेसिया विरुद्ध नखेल्ने भएपछि पवनले पनि मौका पाउने अवसर रहेको छ । नेपाली टिमले मलेसिया पुगेपछि दोस्रो दिनको अभ्यास यस्तै रह्यो ।

Post Add 1025X115
Loading...