विश्वका सबैभन्दा धेरै कमाउने सेलेब्रिटीको सूचिमा मेस्सी चौथो स्थानमा

0

विश्वका सबैभन्दा धेरै कमाउने सेलेब्रिटीको सूचिमा लियोनल मेस्सी चौथो स्थानमा आएका छन् । फोब्र्सले सार्वजनिक गरेको सबैभन्दा धेरै कमाउने सेलेब्रिटीको सूचिमा रोनाल्डो छैटौं स्थानमा छ ।

खेलाडीतर्फ मेस्सी शीर्ष स्थानमा आए । मेस्सीको वार्षिक कमाई १२७ मिलियन अमेरिकी डलर छ । उनलाई बार्सिलोनाले वार्षिक ८० मिलियन अमेरिकी डलर पारिश्रमिक दिन्छ भने एडिडाससँगको प्रायोजन सम्झौता पनि उच्च छ ।

रोनाल्डो शीर्ष पाँचबाट सानो अन्तरले चुके । रोनाल्डोको वार्षिक कमाई १०९ मिलियन अमेरिकी डलर छ । जसमा युभेन्टसले उनलाई ६४ मिलियन अमेरिकी डलर पारिश्रमिक दिन्छ । ब्राजिलियन स्टार नेयमार सातौं स्थानमा छन् । उनको वार्षिक कमाई १०५ मिलियन अमेरिकी डलर छ । उनले फ्रेन्च क्लब पीएसजीबाट वार्षिक ७० मिलियन डलर कमाउँछन् । बक्सिङका कानेलो अल्भारेज १०औं स्थानमा छन् । सबैभन्दा धेरै कमाउने सेलेब्रिटीको शीर्ष स्थानमा टेलर स्वीफ्ट, दोस्रो स्थानमा केली जेन्नर र तेस्रो स्थानमा कान्नी वेस्ट छन् ।

Post Add 1025X115
Loading...