यो वर्षको ब्यालुन डिओर मेस्सीले जित्नुपर्छः रिभाल्डो

0

बार्सिलोना तथा ब्राजिलका पूर्व खेलाडी रिभाल्डोले यो वर्षको ब्यालुन डिओर उपाधि मेस्सीले जित्नु पर्ने बताएका छन् । मेस्सीले यसअघि पाँचवटा ब्यालुन डिओर जितिसकेका छन् । यो सिजन मेस्सीले बार्सिलोनाका लागि ५१ गोल गरेका छन् ।

यो पटक बार्सिलोना न च्याम्पियन्स लिग जित्यो, न अर्जेन्टिनाले कोपा अमेरिका । रिभाल्डोले भने, ‘उनले आफ्नो टिमका लागि जति काम गरेका छन्, त्यसको आधारमा पनि मेरो विचारमा मेस्सीले यो अवार्ड जित्नुपर्छ ।’ ‘उनले च्याम्पियन्स लिग जितेनन्, तर ब्यालुन डि ओर ब्यक्तिगत अवार्ड हो,’ रिभाल्डोले थपे ।

यो सिजन बार्सिलोनाले कोपा डेल रेको फाइनलमा पनि पराजय भोग्यो । कोपा अमेरिकामा पनि तेस्रो भयो । ‘उनले अत्याधिक गोल गरेका छन्, अवार्डका लागि सबैभन्दा महत्वपूर्ण कुरा गोल हो,’ रिभाल्डोले भने । सन् २००८ यता मेस्सी र रोनाल्डोले पाँच–पाँचवटा ब्यालुन डिओर जितेका छन् । अघिल्लो संस्करणको अवार्ड भने लुका मोड्रिचले जितेका थिए । यो सिजन रोनाल्डोले जम्मा २१ गोल गरेका छन् । उनको टिम युभेन्टस क्वार्टरफाइनलभन्दा अघि पनि बढ्न सकेन । तर रोनाल्डोले पोर्चुगललाई युईएफए नेसन्स कपको उपाधि जिताएका थिए ।

Post Add 1025X115
Loading...